सिन्धुलीमा एकै परिवारका १६ जना वेप त्ता, घर जले/ को , खोरमा बाख्रा भोकै र कुकुर रो इर हे को अवस्थामा फेला


सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायूसहितको १६ सदस्यीय हायू परिवार विगत ४ दिनदेखि सम्पर्कविहीन छन्। बिहीबार सुँगुर काटेर भोज गरेपछि उनीहरू बेपत्ता भएका हुन्। सोमबार प्रहरी र स्थानीय टोली घर पुगेका थिए तर कोही भेटिएनन्। भान्साघर जलेको, भाँडाकुडा छरपस्ट, खोरमा पाँचवटा बाख्रा भोकै र कुकुर रोइरहेको अवस्थामा भेटिएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए। छिमेकीहरूले शुक्रबारदेखि उनीहरूलाई नदेखेको जनाएका छन्। प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार परिवारका सदस्यहरूको फोन लोकेसन रामेछाप मन्थलीमा देखिएको छ, जसले उनीहरू घुम्न गएका हुन सक्ने अनुमान गरिएको छ। तर स्थलगत रुपमा कोही फेला परेका छैनन्। घर अनकन्टारमा रहेको र आवतजावत कम हुने क्षेत्र भएकाले घटनाको थप अनुसन्धान भइरहेको छ। हायू जाति लोपोन्मुख आदिवासी सूचीमा परेको समुदाय हो, जसको कुल जनसंख्या ३,०६९ मात्र रहेको जनगणनाले देखाएको छ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 28, 2025 Rating: 5

No comments

Videos