❤️ बाढीपीडितलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा के हो? आफ्नोपन… त्यहि भरोसा दिन हरेक पिडितलाई भेट्दै आँसु पुछ्दै आशिका ।😢

🥺❤️ बाढीपीडितलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा के हो? आफ्नोपन… त्यहि भरोसा दिन हरेक पिडितलाई भेट्दै आँसु पुछ्दै आशिका ।😢
सायद यही आशा जगाउन र सरकारप्रतिको विश्वास बढाउन माननीय आशिका तामाङ आफ्ना मतदातालाई भेट्न दिनरात खटिरहेकी छिन्। आशिका देख्नेबित्तिकै पीडितहरूका आँखामा आँसु आउँछ। तर त्यो आँसु केवल दुःखको मात्र हुँदैन रहेछ। “अब मेरो आफ्नो मान्छे आयो है…” भन्ने भरोसाको आँसु पनि हुन्छ। कसैले उनलाई देख्नेबित्तिकै धुरुधुरु रुन्छन्। आशिका पनि उनीहरूलाई भेटेर, अँगालो हालेर, “म छु नि, नआत्तिनु” भन्दै सान्त्वना दिन्छिन्। “सास बाँकी छ नि, अब बाँच्नुपर्छ। बाँचेपछि सबै कुरा फेरि गर्न सकिन्छ।” भन्दै उनी पीडितलाई साहस दिइरहेकी छिन्। आफ्नो सबैथोक गुमाएका मानिसलाई अहिले ठूलो भाषण होइन, एउटा हात, एउटा अँगालो र ‘तिमी एक्लो छैनौ, म छु’ भन्ने विश्वास चाहिएको छ। त्यही विश्वास दिन खोज्दै आफ्ना जनताको बीचमा पुग्दा, उनीहरूका आँसु देखेर आशिकाका आँखाबाट पनि आँसु रोकिँदैन। जनताका लागि प्रतिनिधि हुनु भनेको केवल संसदमा आवाज उठाउनु मात्र होइन रहेछ, जनता रोएको बेला उनीहरूसँगै बसेर रुनु र फेरि उठ्न हिम्मत दिनु पनि रहेछ। बाढीले घर बगायो होला, सपना बगायो होला, तर आशा बग्न दिनु हुँदैन। त्यो आशा जगाउन आफ्ना जनताको बीचमा पुगिरहेकी माननीय आशिका तामाङलाई हृदयदेखि नै सलाम। 🙏❤️ P: Rabindra Sapkota #ashikatamang #floodvictim #goviral
❤️ बाढीपीडितलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा के हो? आफ्नोपन… त्यहि भरोसा दिन हरेक पिडितलाई भेट्दै आँसु पुछ्दै आशिका ।😢 ❤️ बाढीपीडितलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा के हो? आफ्नोपन… त्यहि भरोसा दिन हरेक पिडितलाई भेट्दै आँसु पुछ्दै आशिका ।😢 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 05, 2026 Rating: 5

No comments

Videos