❤️🇳🇵🇵🇰 नेपालीलाई माया गर्ने पाकिस्तानी बुहारी, नयाँ लुगा राहत बितरण ।
❤️🇳🇵🇵🇰 नेपालीलाई माया गर्ने पाकिस्तानी बुहारी, नयाँ लुगा राहत बितरण ।
नेपालकी बुहारी, पाकिस्तानी छोरी अलिजेह जमेली र आयुष सिंह ठकुरी अहिले बाढीपीडितका लागि आफ्नै हातले राहत बाँडिरहेका छन्। धेरैले पुराना कपडा दिएर सहयोग गरिरहेका बेला उनीहरूले भने पीडितका लागि नयाँ कपडा नै ल्याएर आफ्नै हातबाट वितरण गरिरहेका छन्।
यस्तो कठिन समयमा यो जोडीले गरेको यो पुण्यको कामले धेरै नेपालीको मन जितेको छ। सामाजिक सञ्जाल टिकटकबाट चिनिएका अलिजेह र आयुष सुरुमा साथी थिए, त्यसपछि प्रेममा परे र अहिले उनीहरूको प्रेम विवाहमा परिणत भएको छ। नेपाल–पाकिस्तान हुँदै उनीहरूको प्रेम र सम्बन्ध संसारभरका नेपालीमाझ फैलिएको छ।
केही समयअघि आफूले ल्याएको राहत सामग्री आफ्नै हातले पीडितलाई दिन नपाएकोमा उनीहरूले गुनासो पनि गरेका थिए। हुन पनि, आफूले व्यक्तिगत रूपमा जुटाएर ल्याएको सामान सही व्यक्तिको हातमा परोस् भन्ने चाहना सबैको हुन्छ। आफैंले ल्याएको सहयोग आफ्नै हातले पीडितसम्म पुर्याउँदा त्यो खुसी नै छुट्टै हुन्छ।
आज जब उनीहरूले बाढीपीडितलाई आफ्नै हातले नयाँ कपडा दिइरहेका छन्, राहत पाउनेहरूको मुहारमा देखिएको खुसीभन्दा कम खुसी अलिजेह र आयुषको अनुहारमा छैन। ❤️
धेरै ठाउँमा सामाजिक सेवामा साथ दिँदै आएको यो जोडीले देश यति ठूलो विपत्तिमा परेका बेला सहयोग नगरी बस्न सकेन।
अलिजेह पाकिस्तानी नागरिक हुन्, तर नेपालीको दुःखलाई आफ्नो दुःख सम्झेर उनले देखाएको माया साँच्चै मन छुने छ।
सायद त्यसैले होला,
आज उनले नेपालीबाट पाएको माया झन् बढ्दै गएको छ। ❤️
रगतको सम्बन्धले मात्र आफ्नोपन हुँदैन रहेछ,
कसैको दुःखमा उभिन सक्ने मनले पनि आफ्नोपन बनाउँदो रहेछ।
🇳🇵❤️🇵🇰 अलिजेह र आयुषको यो जोडीलाई मनदेखि सम्मान।
पीडामा परेका नेपालीको हात समातेकोमा धन्यवाद। 🙏
#alizehjamali #ayushsinghthakuri #smartnepal
❤️🇳🇵🇵🇰 नेपालीलाई माया गर्ने पाकिस्तानी बुहारी, नयाँ लुगा राहत बितरण ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
September 06, 2026
Rating:

No comments