सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ |

 काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश पाठकको निर्देशन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड हुनुहुन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गर्नुभएको हो ।


नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post