सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ |

 काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश पाठकको निर्देशन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड हुनुहुन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गर्नुभएको हो ।


नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ | सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ | Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 22, 2024 Rating: 5

No comments

Videos