प्रेम दिवशको मैका,मदहोसमा सुजनको कलम ।
प्रेम दिवश अर्थात भेलेनटाईन डेलाई लक्षित गरेर मदहोश गीतकाे म्युजिक भिडियो बजारमा आई सकेकाे छ । उक्त गीतमा एक प्रेम जोडिलाई मिठो रुपमा मग्न अवश्थामा देखाईएको छु । शब्दमा भनिएको छ, जुनको उजेलि भन्दापनि चम्किलो तिम्री रुप गाजल लगाउँदा त झनै परी कै स्वरुप । हो गीतमा एक गहिरो प्रेममा डुबेका प्रेमीले आफ्नो प्रेमीकाकाे बयान गरेको पाईएको छ । उनले प्रेमीकालाई कथामा सुनिएको परी भन्दा कम छैन भन्न खोजेका छन् । हुनपनि भिडियोमा देखिएकि मोडल आकाङछा तामाङ्ग सुन्दरताले भरिपूर्ण छिन । उनलाई बयान गर्ने उनको प्रेमी भने तुलसी मगर हुन । जो भिडियोको मुख्य आकर्षणको पात्र हुन ।
यस्तो मीठो गीतको शब्द कोर्ने प्रयास भने शब्दकार सुजन कोईरालाले गरेका हुन । हरेक किसिमका गीतमा कलम चलाउन प्रयास गर्ने कोईरालाले आफुलाई यस गीतमापनि अब्बल साबित गरेका छन् । गीतमा संगीत भने पछिल्लो युवा पुस्ताका चर्चीत संगीतकार लेखु सहयात्रीले मुर्तरुप दिएकाछन् । साँचैनै उनको संगीतमा बेग्लै किसिमको तागत छ र त्यसैलेनै उनको चर्चा युवा पुस्तामाझमा जरो गाड्न मदत गरी रहेको छ । भिडियोको छायांकल सुरेन्द्र बस्यालको छ भने कयामाराको पाटो दिनेश पराजुलीले सम्हालेका छन् ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 06, 2024
Rating:


No comments