प्रेम दिवशको मैका,मदहोसमा सुजनको कलम ।

 


प्रेम दिवश अर्थात भेलेनटाईन डेलाई लक्षित गरेर मदहोश गीतकाे म्युजिक भिडियो बजारमा आई सकेकाे छ । उक्त गीतमा एक प्रेम जोडिलाई मिठो रुपमा मग्न अवश्थामा देखाईएको छु । शब्दमा भनिएको छ, जुनको उजेलि भन्दापनि चम्किलो तिम्री रुप गाजल लगाउँदा त झनै परी कै स्वरुप । हो गीतमा एक गहिरो प्रेममा डुबेका प्रेमीले आफ्नो प्रेमीकाकाे बयान गरेको पाईएको छ । उनले प्रेमीकालाई कथामा सुनिएको परी भन्दा कम छैन भन्न खोजेका छन् ।  हुनपनि भिडियोमा देखिएकि मोडल आकाङछा तामाङ्ग सुन्दरताले भरिपूर्ण छिन । उनलाई बयान गर्ने उनको प्रेमी भने तुलसी मगर हुन । जो भिडियोको मुख्य आकर्षणको पात्र हुन ।


यस्तो मीठो गीतको शब्द कोर्ने प्रयास भने शब्दकार सुजन कोईरालाले गरेका हुन । हरेक किसिमका गीतमा कलम चलाउन प्रयास गर्ने कोईरालाले आफुलाई यस गीतमापनि अब्बल साबित गरेका छन् । गीतमा संगीत भने पछिल्लो युवा पुस्ताका चर्चीत संगीतकार लेखु सहयात्रीले मुर्तरुप दिएकाछन् । साँचैनै उनको संगीतमा बेग्लै किसिमको तागत छ र त्यसैलेनै उनको चर्चा युवा पुस्तामाझमा जरो गाड्न मदत गरी रहेको छ । भिडियोको छायांकल सुरेन्द्र बस्यालको छ भने कयामाराको पाटो दिनेश पराजुलीले सम्हालेका छन् ।

 


भिडियो लिङ्क : https://www.youtube.com/watch?v=l4_qj950-mM



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post