सामाजिक परिवेशमा बनेको डिङ्नोको प्रसारण सुरु


 

माघ, काठमाडौँ । नयाँ टेलिश्रृंखला डिङ्नोको प्रसारण सुरु भएको छ । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलबाट निर्माण गरिएको डिङ्नोको गएको सोमबार देखी हिमालय टेलिभिजन र ईएच डिजिटल युट्युवमार्फत प्रसारण सुरु भएको छ । टेलिश्रृंखलाको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ । धेरैले मौलिक कथामा निर्माण भएको र कथा मनपरेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।


लुम्बिनी प्रदेशको दाङ्ग र आसपासको ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिएका छन् । हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर बिभिन्न बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेका छौं, निर्देशक बुढाथोकीले भने । हिजोको हराभरा परिवेश भएका गाउँबस्ती आज सुनसान मात्रै होइन कहिलेकाहिँ त् मलामी बिहिन पनि बनेको छ । यस्ता कुरालाई केहिहदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौं ।


डिङ्नो प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण भइरहेको छ । डिङ्नोमा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, बिष्णु बुढाथोकी, पुर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ । योगेश काजीको शिर्ष गीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पुर्ण बहादुर गन्धर्वको पटकथा तथा संवाद रहेको छ । यस्तै सन्जिव कार्कीको सहायक निर्देशक, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्मातामा रहेका छन् । कथा भने कुल्दिप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार ब्यवस्थापन गरेको छ ।


Link: https://youtu.be/8dMCwbrF_Zk

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post