गोधुली साँझमा भेटियो गरीमालाई सुरजसंग ।

 


हिजो प्रणय दिवशको अवसर पारेर रीलिज गरिएको गोधुली साँझमा तिमीसंग बोलको गीतले चोतर्फि चर्चा बटुलि रहेको छ । भिडियोको लागि सुरज अधिकारी नयाँ नाम हुनसक्छ तर नेपाली गीतसंगीतमा धेरै समय अघिदेखीनै उनको ठूलो योगदान रहेको पाहिन्छ । सुरज अधिकारीको जोडि भने चर्चीत मोडल गरीमा शर्मासंग गांसीएको छ । क्यानाडामा रहेर नेपाली गीतहरुमा शब्दका जादु चलाउने सुरज यस पटक पहिलो पटक भिडियोमा प्रस्तुत भएका छन् । प्रणय दिवसको अवसरमा रिलिज गरीएको गीतमा एक प्रेमील जोडिले एकअर्काको बेजोड तारीफ गरीएको पाईएको छ । सदाँझै गरीमालाई यस भिडियोमापनि अत्यन्तै सुन्दर र सुसील देखीएको छ ।


गीतमा संगीतको काम भने नविन कार्कीले गरेका छन् । सुवास देवकोटाको निर्देशन र संपादान रहेको गीतलाई दर्शकहरुले अत्यन्तै मन पराईएको पाईएको छ । भिडियोको कमेन्टमा अधिकांस दर्शकहरुले गीतको शब्दको तारीफ गरीएको पाईन्छ । एस पि प्रडक्सनबाट प्रसारण गरीएको यस गीत संगसंग सुरज अधिकारीद्वारा रचिएको अन्य गीतहरुपनि उपलब्ध छ । गोधुली साँझटिमलाई अग्रीम शुभकामना ।


Link: https://youtu.be/EwT-watT7uk



गोधुली साँझमा भेटियो गरीमालाई सुरजसंग । गोधुली साँझमा भेटियो गरीमालाई सुरजसंग । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 15, 2024 Rating: 5

No comments

Videos