सबैको मनमा बस्यो मोहन र सहिमाको ‘अरे क्यानाम’ (भिडियो)

 

गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको 'अरे क्यानाम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।



भिडियोमा सहिमा श्रेष्ठ र प्रकाश बस्नेतको समेत अभिनय रहेको छ । नबराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । सुरेन्द्र बसेल सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ‘सहिमा श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो ।

सबैको मनमा बस्यो मोहन र सहिमाको ‘अरे क्यानाम’ (भिडियो) सबैको मनमा बस्यो मोहन र सहिमाको ‘अरे क्यानाम’ (भिडियो) Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on December 12, 2023 Rating: 5

No comments

Videos