😳गृह मन्त्रीको गाडि रोक्ने अधिकार ट्राफिक प्रहरीसंग छ ।🙏
काठमाडौं — गृह मन्त्री सुदन गुरुङ्गले ट्राफिक व्यवस्थापन सम्बन्धमा महत्वपूर्ण सन्देश दिँदै आफूका लागि विशेष सुविधा नदिन आग्रह गरेका छन्। उनले ट्राफिक प्रहरीलाई स्पष्ट रूपमा निर्देशन दिँदै आफ्नो सवारीका लागि अन्य नागरिकलाई रोकेर बाटो खाली गराउने अभ्यास नगर्न भनेका हुन्।
मन्त्री गुरुङ्गले भने, “गृह मन्त्रीको गाडी रोक्ने अधिकार ट्राफिकसँग छ। तर कुनै ठाउँमा अरूलाई रोकेर मलाई मात्र जान दिने अवस्था देखियो, यस्तो नगरीदिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु।”
उनले थपे, “जुन नियम नागरिकलाई लागू हुन्छ, त्यही नियम हरेक मन्त्रीलाई पनि लागू हुनुपर्छ।”
उनको यो अभिव्यक्तिलाई सर्वसाधारणले सकारात्मक रूपमा लिएको देखिएको छ। लामो समयदेखि VIP सवारीका कारण सडकमा हुने असुविधाबारे आलोचना हुँदै आएको अवस्थामा मन्त्रीको यस्तो धारणा सार्वजनिक भएपछि ट्राफिक व्यवस्थापनमा सुधारको अपेक्षा गरिएको छ।
स्रोतका अनुसार, गृह मन्त्रालयले आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र नागरिकमैत्री बनाउन थप पहल गर्ने तयारीसमेत गरिरहेको छ।
#sudangurung #NepalPolice #TrafficPolice #smartnepal
