📢 केही घण्टामै छुटे पूर्वसिडिओ छवि रिजाल
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा पक्राउ परेका पूर्वसिडिओ छवि रिजाल केही घण्टामै रिहा भएका छन्। ⏱️
जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित घरबाट पक्राउ गरेको थियो। 🚔
प्रहरीका अनुसार आवश्यक कागजातहरू बुझिसकेपछि उनलाई उनका भतिजको जिम्मामा छाडिएको हो। यसबारे जानकारी दिँदै एसपी पवनकुमार भट्टराईले अनुसन्धान प्रक्रिया जारी रहेको बताएका छन्। 📄
उनीमाथि मुलुकी अ*पराध संहिता २०७४ को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मा*र्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो। ⚖️
घटनापछि राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। 🗣️
#chhabirajrijal #smartnepal
