🎤 राजनीतिक कार्यक्रममा आफ्ना गीत नबजाउन भिटेनको आग्रह
काठमाडौं — हिपहप कलाकार VTEN (भिटेन) ले आफ्नो संगीत 🎶 राजनीतिक कार्यक्रममा प्रयोग नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल Instagram मार्फत स्टोरी सार्वजनिक गर्दै उनले आफ्नो गीतहरूलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिनु प्रति असन्तुष्टि 😠 व्यक्त गरेका हुन्। भिटेनले स्पष्ट रूपमा आफ्नो सिर्जनालाई कुनै पनि दल वा राजनीतिक कार्यक्रमसँग जोड्न नचाहेको बताएका छन्।
उनले कलाकारको स्वतन्त्रता 🎨 र सृजनाको सम्मान गर्न आग्रह गर्दै, अनुमति बिना गीत प्रयोग नगर्न सबैलाई सचेत गराएका छन्। पछिल्लो समय विभिन्न राजनीतिक कार्यक्रमहरूमा कलाकारका गीतहरू प्रयोग हुने क्रम बढ्दै गएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
यस विषयमा अन्य कलाकारहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना रहेको देखिन्छ।
#Vten #hiphop #smartnepal
