प्रहरी प्रमुखको अन्तर्वार्ता सुने ।
संसद भवन जोगाउॅंन गो’ली हानेर बच्चाबच्ची मार्नु बहादुरी होइन ! संसद भवन जोगाउॅंन गो’ली हानेको हो भने सिहंदरबार ज’लाउदा किन नहानेको ? आफ्नो कमजोरी लुकाउन र नेता बचाउन कुतर्क नगरेको राम्रो । पहिला जन अनि धन हो ।
राज्यले प्रहरीलाई ब’न्दुक दिएको नेताको सत्ता जोगाई दिन होइन, जनताको सुरक्षा गर्न हो । तर यहाँ त जनतालाई गो’ली ठोकेर मा’रियो । भ्र’ष्ट र ह’त्याराहरुको आशिर्वादमा बढुवा हुने प्रवृत्ति र उनिहरुकै चाकडी गर्ने प्रथाका कारण प्रहरी माथिको जनविश्वास धारासायी भएको हो ।
जनता जोगाउने सेना, नेता जोगाउने सेना । सेनाले नेता अनुकूल बोलेनन् तर प्रहरी प्रमुख बोल्दैछन् । त्यसैले झोलेहरु सेनाको विरोध र प्रहरी प्रमुखको पक्ष पोषण गर्दैछन् । झोलेहरु मान्छे त के जनावर पनि बन्न लायक रहेनन् अब । प्रहरीको नेतृत्व असफल बन्दा सेनाका नेतृत्वले सुरक्षा निकायको साख थप बिग्रन दिएनन्, कुरा यति हो ।
२३ गतेको घटनाले २४ भएको हो तर २४ ले २३ हैन । जेन जीले भ्र’ष्टचारको विरोध गर्यो तर ओली सरकारले ताकीताकी गो’ली हान्न लगायो । भोलिपल्ट घुसपैठ गराएर देशै ज’लाए । त्यो बेला प्रहरी नै निरिह बन्यो । प्रहरीलाई निरिह बनाउनुमा अहिलेका मुख्य दलको हात छ । कार्य कुशलता हैन पार्टीको भक्त प्रहरी नेतृत्व बन्ने परिपाटी बस्यो, जसले गर्दा प्रहरीको साख गुम्यो ।
Source: Rajib Khatry
#rajibkhatry #smartnepal #igp
