Gen-Z" आन्दोलनको धुलो र धुवाँमा गुमेको एउटा सपना...

लोत्से मलको पहिलो तलामा रहेको शेखर कलेक्सन—मालिक शेखर पौडेलको लामो मेहनत र पसिनाको उपज—२४ भदौको रात आगलागीले ध्वस्त बनाइदियो।




३३ वर्षीय पौडेल नवलपुर, गैंडाकोटका स्थायी बासिन्दा हुन्। व्यापारमा ठूलो भविष्य देखेर उनी अस्थायी रूपमा काठमाडौं आएका थिए। दसैं नजिकिँदै गर्दा बजारमा व्यापार चहलपहल बढ्ने अपेक्षा थियो। तर, आन्दोलनको भीडमा पसलमा तोडफोड, आगजनी र कालो धुवाँ फैलियो।




"करिब १ करोड बराबरको सामान थियो," पौडेलले पीडाभरि भने, "सबै खरानीमा परिणत भयो।"

Gen-Z पुस्ताकै प्रतिनिधि पौडेललाई आफ्नै पुस्ताको आन्दोलनले आफ्नो भविष्य जलिरहेको देख्नुपर्ने विडम्बना आइलाग्यो।



अब उनका लागि प्रश्न एकै छ—
“खरानी भएको सपना कसरी पुनः उठाउने?”

Gen-Z" आन्दोलनको धुलो र धुवाँमा गुमेको एउटा सपना... Gen-Z" आन्दोलनको धुलो र धुवाँमा गुमेको एउटा सपना... Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 27, 2025 Rating: 5

No comments

Videos