कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन

पोखराको श्री गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञ भोलि औपचारिक रूपमा समापन हुँदैछ। आज महाआरती सम्पन्न भयो, जहाँ भक्तजनको उल्लेख्य उपस्थिति थियो। आजदेखि विभूति (भष्म), तिलक, प्रसाद र हवन कुण्डका इँटा तथा जलयुक्त कलश वितरण सुरु गरिएको छ।







राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूहले प्रथम हुँदै ३ लाख ५५ हजार ५५५ रुपैयाँ जित्यो। द्वितीय माछापुच्छ्रे सेवा समाजले २ लाख ५५ हजार ५५५, तृतीय बालन एवं संस्कृति संरक्षण प्रतिष्ठानले १ लाख ५५ हजार ५५५ पाए। अन्य उत्कृष्ट विधागत समूहहरूलाई २५ हजार ५५५ रुपैयाँका दरले पुरस्कार दिइयो।

कोटिहोममा विभिन्न व्यक्तिहरूले लाखौं रुपैयाँ सहयोग गरे। भागवत मञ्जरी राधिका दासीको कथा वाचन जारी छ। कार्यक्रम पोखरा–१७ को सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा सञ्चालन हुँदै आएको हो।

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन  कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 13, 2025 Rating: 5

No comments

Videos