कोटिहोममा आज महाआरती, गायक राजु र सम्झनाको भजन प्रस्तुति

 पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आज साँझ ६ बजे विशेष महाआरतीको आयोजना हुँदैछ। आयोजकले सम्पूर्ण भक्तजनलाई आरतीमा सहभागिता जनाउन अनुरोध गरेका छन्।

महाआरतीको अवसरमा लोकदोहोरी गायक राजु परियार र गायिका सम्झना भण्डारीको विशेष भजन प्रस्तुति पनि हुने भएको छ। साथै, आजदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण सुरु हुनेछ। भक्तजनहरूले हवन कुण्डका ईँटा (रु. १०० तिरेर) र जल सहितको कलश पनि लिन सक्नेछन्।


यसै दिन कोटिहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरिनेछ। देविस्थान भजन समूह प्रथम, माछापुच्छ्रे सेवा समाज द्वितीय र बालन तथा संस्कृति संरक्षण प्रतिष्ठान तृतीय भएका छन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमका क्रममा विजयी समूहहरूले प्रस्तुति दिनेछन्। भागवत मञ्जरी राधिका दासीले ३१ गतेसम्म कथा वाचन गर्नेछिन्। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भइरहेको कोटिहोमको समापन भने भोलि हुनेछ।

कोटिहोममा आज महाआरती, गायक राजु र सम्झनाको भजन प्रस्तुति कोटिहोममा आज महाआरती, गायक राजु र सम्झनाको भजन प्रस्तुति Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 13, 2025 Rating: 5

No comments

Videos