कोटीहोम समापन, ४० लाखभन्दा बढी भक्तजन सहभागी

पोखराको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ ६१ दिनपछि शनिबार समापन भएको छ। आयोजक मानव सेवा फाउण्डेशनका अनुसार कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भए।


सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजका अनुसार करिब ९ करोड रुपैयाँ संकलन भएको छ। आयव्यय असारभित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ। केही आम्दानी मानव सेवा र सामाजिक कार्यमा लगाइनेछ।


महायज्ञमा ९०६ युनिट रगत संकलन, ५२५ जनाको ब्रतबन्ध, १२० तुलादान, १३५ चौरासी पूजा, १४६ नवग्रह शान्ति, १८ अति रुद्री, २१ करोड दीप प्रज्ज्वलन, र एक करोड ५० लाखको हवन गरिएको थियो।

कोटीहोममा राष्ट्रिय भजन प्रतियोगिता, वक्तृत्वकला, र आध्यात्मिक कार्यक्रमहरू आयोजित भए। भागवत मञ्जरी राधिका दासीसहित विभिन्न कथावाचकले कथा वाचन गरे। दासीको बिदाईमा सहभागी सबै भावविह्वल बने।


कार्यक्रम पोखरा–१७ को सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर र वरपरको क्षेत्रमा वैशाख १७ देखि जेठ ३१ गतेसम्म सञ्चालन गरिएको थियो।

कोटीहोम समापन, ४० लाखभन्दा बढी भक्तजन सहभागी  कोटीहोम समापन, ४० लाखभन्दा बढी भक्तजन सहभागी Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 14, 2025 Rating: 5

No comments

Videos