कोटिहोममा भोलिदेखि विभूति, तिलक र प्रसाद वितरण

 पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोममा भोलिदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ। लामो समयको हवनपछि तापक्रमका कारण वितरण रोकिएको थियो।

साथै, एक सय रुपैयाँमा हवन कुण्डका ईँटा र जलयुक्त कलश पनि भक्तजनले लिन सक्ने व्यवस्था गरिएको छ। भोलि कोटिहोममा सम्पन्न राष्ट्रिय भजन प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान प्राप्त देविस्थान भजन समूह सहित अन्य समूहले प्रस्तुति पनि दिनेछन्।


यसअघि कोटिहोममा ५२५ जनाको सामूहिक व्रतबन्ध, तुला दान, नवग्रह शान्ति, कालसर्प पूजा, अष्ट महादान लगायतका धार्मिक क्रियाकलाप सम्पन्न भएका छन्। कोटिहोममा विभिन्न भक्तजन तथा संस्थाबाट सहयोग प्राप्त भएको छ।


राधिका दासीले ३१ गतेसम्म श्रीमद्भागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। कोटिहोम पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।


कोटिहोममा भोलिदेखि विभूति, तिलक र प्रसाद वितरण कोटिहोममा भोलिदेखि विभूति, तिलक र प्रसाद वितरण Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 12, 2025 Rating: 5

No comments

Videos