मान्छे खाज पल्केको बाघ २४ घण्टापछि नियन्त्रणमा ।

 धानबारी गोड्न गएकी कञ्चनपुरको दोधारा चाँदनीकी हिराकुमारी शाह (साहु)को नरभक्षी बाघको आक्रमणबाट ज्यान गएको छ, दुई दिनअघि मात्रै स्थानीय अर्की एक महिलालाई उत्त बाघले घाइते बनाएको थियो । 

आँखै अगाडिबाट हिरालाई हेर्दाहेर्दै बाघले घाँटीमा समातेर उखुबारीमा लगेर मारेको उनकि जेठानि मिनाले बताइन् । ‘दुई–तीन दिनदेखि गाउँमा बाघ आएको हल्ला चलिरहेको थियो, कोहिले त देखेकापनि रहेछन्, हामीले हल्ला मात्रै सुन्यौँ,’ उनले भनिन्, ‘गाउँका सबै महिला घाँस काट्न गए, देउरानी पनि गइन् । म खेत पुगेर घरायसी काममा धारामा पुग्दासम्म देउरानीलाई त्यहाँबाट उखुबारीमा लगिरहेको देखेर चिच्याएँ, मेले केहि गर्न सकिन।’ 



घटना लगत्तै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– २ कमलशाही टोलकी २६ वर्षीया हिराकुमारी शाहको ज्यान लिने बाघ खोज्न हात्ती परिचालन गरिएको थियो  बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट शाहको मृत्यु भएको थियो । बाघ खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चार हात्ती र प्राविधिक टोली परिचालन भएको थियो । ४ घण्टासम्म प्रयास गर्दा पनि बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन । शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो ।

आफ्नै धानबारी गोड्न गएकी हिरालाई नजिकै उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेको थियो । ठूलो क्षेत्र रहेको उखुबारीभित्रै बाघ रहेको निष्कर्षसहित हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार ऐरले बताए । ‘बाघ नियन्त्रण गर्न चिकित्सकको टोलीले डार्ट गन हानेर बेहोस बनाउँछ,’ उनले भने, ‘बेहोस भएको बाघलाई नियन्त्रणमा लिन्छौँ ।’ निकुञ्जमा वन्यजन्तु नियन्त्रण, उद्धारका लागि जनशक्ति र स्रोत डार्ट गन भए पनि औषधि नहुँदा बर्दियाबाट मगाएको उनले बताए । ‘ठूला वन्यजन्तु बेहोस पार्न जताततै औषधि पाइँदैन,’ उनले भने, ‘हामीसँग पनि नभएकाले बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका हौँ।’


बाघ भारतीय पिलिभित टाइगर रिजर्भ जंगलबाट नेपाल आएको स्थानीयले अनुमान गरेका छन् । दोधाराचाँदनी नगरपालिकाले मृतक परिवारलाई किरिया खर्चबापत ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले विपत् व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप पालिकाबाट नगद सहयोग गर्ने निर्णय गरिएअनुरूप छिट्टै हस्तान्तरण गर्ने बताए ।


दुई दिनअघि मात्र शुक्लाफाँटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउद बाघको आक्रमणबाट घाइते भएकी थिइन् । गत वर्ष बेलौरी नगरपालिका– ८ पचुईकी ४० वर्षीया गंगा चन्दको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/348533948191504

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post