वृद्धभत्ता लुट्नकै लागि घरधनीको हत्या , बास बस्न गएका थिए ती युवक

 एकचोटी यो तस्बिर हेर्नुहोस त हेर्दा  सोझो देखिने यी युवकले  यति डरलाग्दो काम गरेका छन कि सुन्दा जोकोहीको आङ जिरिंग हुनसक्छ । जाबो वृद्धाभत्ताको थोरै पौसा लुट्नकै लागी उनले एक वृद्धको विभत्स हत्या गरेका छन् यिनले । भनिन्छ पैसा देखें पछि महादेवको पनि तीन नेत्र खुल्छ तर यी युवकलेभने आफ्नो भएको दुई नेत्रपनि बन्द गरेर पैसाकै लागी मान्छे मार्न तयार भए ।



 

घटना दोलखाको हो दर्शकबिन । बास बस्न भनी गएका ति युवकले वृद्धभत्ता लुत्नको लागि सोही घरकी  एक वृदाको  खुकुरी प्रहार गरी हत्या गरेका छन् । 


साउन ९ गते वैदेशिक रोजगारीमा दुबई जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा ती युवक ८० वर्षीय पदम कुमारी सुनुवारको घरमा वास बसेका थिए । पदम कुमारीले सर्पलाई वास दिएजस्तै भयो, जस्लाई दुध पिलायो उनैलाई डस्यो ।



मृतक वृद्धको घरमा बास बस्ने बहानामा वृद्धको घरमा गई  वृद्ध बस्ने कोठाको ढोका फुटाइ त्यही घरमा रहेको खुकुरीले उनको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या गरेको अनुसन्धानको क्रममा  खुलेको छ ।  


वृद्धाले  कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन्। कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेका थिए ।  खुकुरी प्रहार गरी हत्या भएकी वृद्धको घर पनि रगतले लतपतिएको र धारिलो हतियारमा समेत रगतका डोब रहने गरी विभत्स  हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



हत्यापछि फरार रहेका उनलाई  बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले साउन ११ गते पक्राउ गरेको हो। दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले  यही साउन ९ गते राति मृतक वृद्धाकै घरमा वास बसी कार्कीले बृद्धभत्ताको रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको  डिएसपी खड्काले बताएका छन् । 


जिल्ला प्रहरी कार्यालय दोलखा  कालिञ्चोक गाउँपालिका वडा नं ६ बस्ने ८० वर्षिय  सुनुवारको हत्यामा सम्लग्न कार्किलाई  पक्राउ गरी साउन १४ गते  आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


वौदेशीक रोजगारीमा हिन्न जुताको लेस कस्न लागेक ती युवकको वुद्धीको बिर्को किन टालिएको होला ? चट्टान फुटाउने उमेर र जोस भएका युवकले त्यति थोरै पौसामा र्याल चुहाउँदा अब जेलको चिसो हावा खानु पर्ने भयो ।


Link: https://www.facebook.com/smarttvnepal79/videos/510553444685829

वृद्धभत्ता लुट्नकै लागि घरधनीको हत्या , बास बस्न गएका थिए ती युवक वृद्धभत्ता लुट्नकै  लागि घरधनीको हत्या , बास बस्न गएका थिए ती युवक Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 01, 2024 Rating: 5

No comments

Videos