४९ वर्षीया महिलासँग २३ वर्षीय युवकको लिभिङ्ग टुगेदर रिलेसन बिवाहको दवाब दिँदा महिलाको हत्या ।

शुसिला र प्रेम डेढ वर्ष अघि देखि गहिरो मायामा थिए । उनीहरूको पहिलो भेट जाजरकोट रिम्ना  मेलामा भएको  थियो। सामान्य परिचय पछि उनीहरूले आफ्नो मो.  नो आदानप्रदान गरेका थिए ।  त्यस पछि उनीहरूको बेला मौकामा भेट भइरहन्थ्यो । प्रेमलाई भेट्न मन लाग्दा  केही नशोचि शुसिला प्रेमलाई भेट्न जान्थिन् । र बेला मौकामा समय मिलाएर प्रेम पनि सुशीलाको घरैमा भेट्न गाइरहन्थे ।    



यसरी नै चलिरहेको थियो उनीहरूको प्रेम सम्बन्ध । धेरै समय सम्म प्रेम र शुसिलाको  प्रेम सम्बन्ध कसैलाई थाहा थिएन । तर प्रेम शुसिलाको घरैमा भेट्न जाने भएको ले एकदिन छिमेकी ले देखें अनि त्यो चर्चा एक कान दुई कान हुँदै सारा गाउँलेले थाहा पाए । त्यस पछि सुशीलाको गाउँमा कुरा काट्न थालियो ।



 साउन २१ गते प्रेम  सुशीलाको घरमा  सधैं जसो गरी भेट्न गएका थिए । त्यस रात उनीहरू सगै बसेका थिए ।   भोलिपल्ट २२ गते मंगलबार दिनभरि बजार घुमी फर्केर साझ शुसिलाकै  घरमा  सगै बसे र सोही  रात शुसिलाले  दुई बीचको प्रेम सम्बन्ध बारे छर छिमेकी आफ्नोआफन्त सबैलाई थाहा भएको र अब हामीले बिहे  गर्नु पर्छ भन्दा प्रेम मल्ल ले  अहिले विवाह गर्न नसक्ने  भन्दै कुरा टारे  ।



 त्यस पश्चात प्रेमले  दिमागमा अन्ठा सन्ठा कुराहरू खेलौना थाले । अचानक प्रेमले  शुसिलालाई फलामको ,तवा ,सिलौटा , लोहोरो  चम्चा लगाएत घरेलु औंजारले प्रहार गर्न थाले । अनि उनको घाँटीमा सलले बानेर सुशीलाको  ज्यान लिए । ज्यान लिए पछि प्रेम आफ्नै घरमा गए । 



केही समय पछि छिमेकीले थाहा पाए पछि प्रहरीलाई बोलाइयो र  अनुसन्धान पछि प्रेमलाई मृतक सुशीलाको मोबाइल सहित प्रेम कै घरबाट पक्राऊ गरीयो । प्रहरीको सोधपुछ पछि  यी सबै घटनाहरू प्रेमले स्वीकार गरेको इलाका प्रहरी कार्यालय चौरजहाँरिका  प्रहरी नायब उपरीक्षक नवराज पोख्रेलले जानकारी दिए । चौरजहारी नगरपालिका–११ का २३ वर्षीय भक्ति भनिने प्रेम मल्ललाई पक्राउ गरी आज (आइतबार) जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको छ ।.

Link: https://www.facebook.com/smarttvnepal79/videos/1192177478602561

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post