४९ वर्षीया महिलासँग २३ वर्षीय युवकको लिभिङ्ग टुगेदर रिलेसन बिवाहको दवाब दिँदा महिलाको हत्या ।

शुसिला र प्रेम डेढ वर्ष अघि देखि गहिरो मायामा थिए । उनीहरूको पहिलो भेट जाजरकोट रिम्ना  मेलामा भएको  थियो। सामान्य परिचय पछि उनीहरूले आफ्नो मो.  नो आदानप्रदान गरेका थिए ।  त्यस पछि उनीहरूको बेला मौकामा भेट भइरहन्थ्यो । प्रेमलाई भेट्न मन लाग्दा  केही नशोचि शुसिला प्रेमलाई भेट्न जान्थिन् । र बेला मौकामा समय मिलाएर प्रेम पनि सुशीलाको घरैमा भेट्न गाइरहन्थे ।    



यसरी नै चलिरहेको थियो उनीहरूको प्रेम सम्बन्ध । धेरै समय सम्म प्रेम र शुसिलाको  प्रेम सम्बन्ध कसैलाई थाहा थिएन । तर प्रेम शुसिलाको घरैमा भेट्न जाने भएको ले एकदिन छिमेकी ले देखें अनि त्यो चर्चा एक कान दुई कान हुँदै सारा गाउँलेले थाहा पाए । त्यस पछि सुशीलाको गाउँमा कुरा काट्न थालियो ।



 साउन २१ गते प्रेम  सुशीलाको घरमा  सधैं जसो गरी भेट्न गएका थिए । त्यस रात उनीहरू सगै बसेका थिए ।   भोलिपल्ट २२ गते मंगलबार दिनभरि बजार घुमी फर्केर साझ शुसिलाकै  घरमा  सगै बसे र सोही  रात शुसिलाले  दुई बीचको प्रेम सम्बन्ध बारे छर छिमेकी आफ्नोआफन्त सबैलाई थाहा भएको र अब हामीले बिहे  गर्नु पर्छ भन्दा प्रेम मल्ल ले  अहिले विवाह गर्न नसक्ने  भन्दै कुरा टारे  ।



 त्यस पश्चात प्रेमले  दिमागमा अन्ठा सन्ठा कुराहरू खेलौना थाले । अचानक प्रेमले  शुसिलालाई फलामको ,तवा ,सिलौटा , लोहोरो  चम्चा लगाएत घरेलु औंजारले प्रहार गर्न थाले । अनि उनको घाँटीमा सलले बानेर सुशीलाको  ज्यान लिए । ज्यान लिए पछि प्रेम आफ्नै घरमा गए । 



केही समय पछि छिमेकीले थाहा पाए पछि प्रहरीलाई बोलाइयो र  अनुसन्धान पछि प्रेमलाई मृतक सुशीलाको मोबाइल सहित प्रेम कै घरबाट पक्राऊ गरीयो । प्रहरीको सोधपुछ पछि  यी सबै घटनाहरू प्रेमले स्वीकार गरेको इलाका प्रहरी कार्यालय चौरजहाँरिका  प्रहरी नायब उपरीक्षक नवराज पोख्रेलले जानकारी दिए । चौरजहारी नगरपालिका–११ का २३ वर्षीय भक्ति भनिने प्रेम मल्ललाई पक्राउ गरी आज (आइतबार) जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको छ ।.

Link: https://www.facebook.com/smarttvnepal79/videos/1192177478602561

४९ वर्षीया महिलासँग २३ वर्षीय युवकको लिभिङ्ग टुगेदर रिलेसन बिवाहको दवाब दिँदा महिलाको हत्या ।  ४९ वर्षीया महिलासँग २३ वर्षीय युवकको लिभिङ्ग टुगेदर रिलेसन बिवाहको दवाब दिँदा महिलाको हत्या । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 12, 2024 Rating: 5

No comments

Videos