जब चाेर्न गएको चाेरले घरधनिलाई देखेपछि सुन कप्लक्कै निले । ३० घण्टापछि निक्लियो काँचो सुन । Pancthar

 पाँचथर फिदिममा लुटपाट गर्न गएका चाेरले घरधनीले देखेपछि सुन नै निलेका छन् ।



दर्शकबिन हुनपनि अच्मै हुन्छ । आजसम्म हजुरहरुले बिदेशबाट सुन पेटमा बोकेर, मल द्वारमा हालेर र शरीरको अन्य गोप्य अंगमा लुकाएर ल्याएको खबर सुन्नु भएको थियो होला तर आजको खबर भने निकैनै अच्मको छ ।


फिदिम २ स्थित विस्णुकुमारी तामाङको घरमा लुटपाट गर्न गएका सुरेन भनिने २८ बर्षिय सुरेन्द्र कुमार योङयाले १ तोला सुन निलेका हुन् ।


दिउँसाे ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाइ खबर गरेका थिए ।  प्रहरी तत्कालै घटना स्थल पुगेर चोरलाइ पक्राउ गरेको थियो । पक्राउ परेका सुरेन्द्रको साथबाट नगद १५ हजार रुपैया फेलापरेपनि १ तोला सुनको टिल भने भेटिएको थिएन । सुनको खोजि गर्ने क्रममा घरधनीलेनै चोरले सुन कप्लक्कै निलेको बताएपछी सुरेन्द्रलाइ जिल्ला प्रहरी कार्यालय पाँचथरले एक्स्रे गराएर पेटमा सुख छ छैन पत्ता लगाउने निर्णय गय्रो । केहि समय पछि एक्स रे गराएर हेर्दा सुन उनको पेटमै देखियो ।


सुन पेटमै देखिएपछी उनलाइ प्रहरीको टोलिले निगारानीमा राख्यो र झण्डै ३० घण्टा पछी सुरेन्द्र भनिने उत्त चोरको दिशा मार्फत सुन बाहिर निक्लियो । उक्त सुनलाइ परिक्षणको लागि सुनचाँदी ब्यावसायीलाइ पठाएर सुनको मुल्याङकन गराइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुवँरले जानकारी दिए ।


गत चैत्र २८ गते भएको घटनामा संलग्न सुरेन्द्र कुमार योङ्यालाइ जिल्ला अदालतले १ लाख ५० हजार रुपैया धरौटी माग गरेको थियो । बैसाख २३ को जिल्ला अदालतको आदेस अनुसार धरौटीको रकम तिर्न नसकेपछी उनी कारागार चलान भएका छन् ।


Video Link: https://youtu.be/Nsvr66x6n40

जब चाेर्न गएको चाेरले घरधनिलाई देखेपछि सुन कप्लक्कै निले । ३० घण्टापछि निक्लियो काँचो सुन । Pancthar जब चाेर्न गएको चाेरले घरधनिलाई देखेपछि सुन कप्लक्कै निले । ३० घण्टापछि निक्लियो काँचो सुन । Pancthar Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 06, 2024 Rating: 5

No comments

Videos