जब चाेर्न गएको चाेरले घरधनिलाई देखेपछि सुन कप्लक्कै निले । ३० घण्टापछि निक्लियो काँचो सुन । Pancthar

 पाँचथर फिदिममा लुटपाट गर्न गएका चाेरले घरधनीले देखेपछि सुन नै निलेका छन् ।



दर्शकबिन हुनपनि अच्मै हुन्छ । आजसम्म हजुरहरुले बिदेशबाट सुन पेटमा बोकेर, मल द्वारमा हालेर र शरीरको अन्य गोप्य अंगमा लुकाएर ल्याएको खबर सुन्नु भएको थियो होला तर आजको खबर भने निकैनै अच्मको छ ।


फिदिम २ स्थित विस्णुकुमारी तामाङको घरमा लुटपाट गर्न गएका सुरेन भनिने २८ बर्षिय सुरेन्द्र कुमार योङयाले १ तोला सुन निलेका हुन् ।


दिउँसाे ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाइ खबर गरेका थिए ।  प्रहरी तत्कालै घटना स्थल पुगेर चोरलाइ पक्राउ गरेको थियो । पक्राउ परेका सुरेन्द्रको साथबाट नगद १५ हजार रुपैया फेलापरेपनि १ तोला सुनको टिल भने भेटिएको थिएन । सुनको खोजि गर्ने क्रममा घरधनीलेनै चोरले सुन कप्लक्कै निलेको बताएपछी सुरेन्द्रलाइ जिल्ला प्रहरी कार्यालय पाँचथरले एक्स्रे गराएर पेटमा सुख छ छैन पत्ता लगाउने निर्णय गय्रो । केहि समय पछि एक्स रे गराएर हेर्दा सुन उनको पेटमै देखियो ।


सुन पेटमै देखिएपछी उनलाइ प्रहरीको टोलिले निगारानीमा राख्यो र झण्डै ३० घण्टा पछी सुरेन्द्र भनिने उत्त चोरको दिशा मार्फत सुन बाहिर निक्लियो । उक्त सुनलाइ परिक्षणको लागि सुनचाँदी ब्यावसायीलाइ पठाएर सुनको मुल्याङकन गराइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुवँरले जानकारी दिए ।


गत चैत्र २८ गते भएको घटनामा संलग्न सुरेन्द्र कुमार योङ्यालाइ जिल्ला अदालतले १ लाख ५० हजार रुपैया धरौटी माग गरेको थियो । बैसाख २३ को जिल्ला अदालतको आदेस अनुसार धरौटीको रकम तिर्न नसकेपछी उनी कारागार चलान भएका छन् ।


Video Link: https://youtu.be/Nsvr66x6n40

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post