झापामा पानी पार्नकै लागि गरीयो भ्यागुता र भ्यागुतिको धुमकामसंग बिवाह । के अब पानी पर्ला त ?

 सुन्दा अचम्म लाग्न सक्छ कि भ्यागुताको पनि बिहे हुन्छ भनेर । हो दर्शकबिन यो कुरा सत्य हो र यो घटना हाम्रै देश नेपालमा भएको हो । 



यो चलन कुनै नौले भने हैन तराईका केहि भुभागमा धेरै अघि देखि यो चलन चली आएको पाईन्छ । वर्षा याममा पानी नपर्ने खडेरी लाग्ने भएकोले किसानहरुले जोडी भ्यागुताको विवाह गरिदिने  गर्छन् । र यो वर्षपनि यहि बैसाख २२ गतेका दिन झापाको अर्जुनधारामा  एकजोडी भ्यागुताको धुमधामकासाथ विवाह गरिएको छ । लामो समयसम्म बर्षा नहुँदा खडेरीको सामाना गर्नुपरेको भन्दै अर्जुनधारा वडा नम्बर २ का स्थानीयले भ्यागुताको बिहे गरिदिएका हुन् । संयोग भनौं वा वास्तविकता यसरी विवाह गरिदिएको केही दिन मै किसानहरूले  वर्षायाम को अनुभूति गरेको पाइन्छ । त्यसैले होला  यो चलन ले अझै सम्म पनि निरन्तरता पाइरहेको छ ।



यतिमात्रै होइन तराईका केही जिल्लाहरुमा पानी पार्न कै निम्ति पूजाआजा गर्ने चलन पनि छ । कारण जे होस् नेपाल लगाएत अन्य कृषिप्रधान देशहरूमा वर्षायामको धेरैनै महत्व हुन्छ । त्यसैले समयमै वर्षा सुरु भईदिए किसानले ढुक्क हुने थिए ।


Link: https://youtu.be/X98UcUqnJqs

झापामा पानी पार्नकै लागि गरीयो भ्यागुता र भ्यागुतिको धुमकामसंग बिवाह । के अब पानी पर्ला त ? झापामा पानी पार्नकै लागि गरीयो भ्यागुता र भ्यागुतिको धुमकामसंग बिवाह । के अब पानी पर्ला त ? Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 05, 2024 Rating: 5

No comments

Videos