झापामा पानी पार्नकै लागि गरीयो भ्यागुता र भ्यागुतिको धुमकामसंग बिवाह । के अब पानी पर्ला त ?

 सुन्दा अचम्म लाग्न सक्छ कि भ्यागुताको पनि बिहे हुन्छ भनेर । हो दर्शकबिन यो कुरा सत्य हो र यो घटना हाम्रै देश नेपालमा भएको हो । 



यो चलन कुनै नौले भने हैन तराईका केहि भुभागमा धेरै अघि देखि यो चलन चली आएको पाईन्छ । वर्षा याममा पानी नपर्ने खडेरी लाग्ने भएकोले किसानहरुले जोडी भ्यागुताको विवाह गरिदिने  गर्छन् । र यो वर्षपनि यहि बैसाख २२ गतेका दिन झापाको अर्जुनधारामा  एकजोडी भ्यागुताको धुमधामकासाथ विवाह गरिएको छ । लामो समयसम्म बर्षा नहुँदा खडेरीको सामाना गर्नुपरेको भन्दै अर्जुनधारा वडा नम्बर २ का स्थानीयले भ्यागुताको बिहे गरिदिएका हुन् । संयोग भनौं वा वास्तविकता यसरी विवाह गरिदिएको केही दिन मै किसानहरूले  वर्षायाम को अनुभूति गरेको पाइन्छ । त्यसैले होला  यो चलन ले अझै सम्म पनि निरन्तरता पाइरहेको छ ।



यतिमात्रै होइन तराईका केही जिल्लाहरुमा पानी पार्न कै निम्ति पूजाआजा गर्ने चलन पनि छ । कारण जे होस् नेपाल लगाएत अन्य कृषिप्रधान देशहरूमा वर्षायामको धेरैनै महत्व हुन्छ । त्यसैले समयमै वर्षा सुरु भईदिए किसानले ढुक्क हुने थिए ।


Link: https://youtu.be/X98UcUqnJqs

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post