दिल मायाले सबैको दिल जित्यो ।



सांगीतिक बजारमा धेरै समय पछि पूवेलि गीत दिल माया सार्वजनिक भएको छ । भिडियोमा सरोज रा‌णा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकि मोडल बिना राउत हुन । उत्त गीतमा  आवाज भने राजन श्रेष्ठ र पवित्रा गुरुङ्गले दिएका छन् । लामो समयदेखी नेपाली गीत संगीतमा भिजेका राजन श्रेष्ठ गायक मात्र नभएर यस गीतको शब्द तथा संगीतपनि उनैले भरेका छन् । दिल मायाको निर्देशन तथा नृत्य निर्देशनमा रोशन विश्वकर्मको साथ छ भने क्यमारामा हात भने दिनेश पराजुलीले चलाएका छन् ।



राजन श्रेष्ठ अफिसियल नामन युटुब च्यानल मार्फत प्रसारण भएको गीतलाई धेरै दर्शक श्रोताहरुले मन पराएका छन् र धेरै समयपछि यति मिठो पूवेली गीत हेर्न र सुन्न पाएको भन्दै कमेन्ट गरेको पाईएको छ । रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ्ग मास्टरिङ्गमा बनेको यस गीतले समाचार तयार गर्दा सम्म लाखौ दर्शकले हेरीसकेका छन् । सम्पूर्ण टिमलाई शुभकामना ।


Link: https://youtu.be/uPEgs13sMGY

Comments

Popular posts from this blog

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने :प्रदीप पौडेल

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन