राष्ट्रिय कृकेट खेलाडि ललित राजवंशीले फेसबुम मार्फत खेलाडिहरुको अवश्था धेरैनै कम्जोर भएको प्रस्टाएका छन् ।

 हालसालै मैले एक अन्तर्वातामा हामीले कृकेट खेल्दा प्रयोग हुने किट्सहरु स्पोन्सर नहुँदा आफैले सबै व्यवस्थापन गर्नुपर्दा गार्हो हुने गरेको छ भन्ने आशयले आफ्नो विचार व्यक्त गरेको थिए ।साथै मसँग हाल नेट अभ्यास गर्ने व्याट मात्र भएको र गेममा व्याटिङ्ग गर्नुपर्दा साथिहरुको लिएर गर्ने गरेको बताएको थिए ।

मेरो विचार र अभिव्यक्तिलाई लिएर आएका हजुरहरु सबैको विचारलाई नियालि रहेको छु । वास्तवमै नेपाली कृकेट समर्थकहरुको खेलाडिहरुप्रति कति विश्वास, माया र साथ रहेछ भन्ने कुरा अझै बढि महशुस गरिरहेको छु। हजुरहरु सबैको माया, विश्वास र साथले नेपाली कृकेटप्रति थप योगदान गर्न प्रेरणा मिलेको छ ।
कृकेट व्याट प्रदान गर्ने बारेमा धेरैजनाले कुराहरु गरिरहनु भएको छ । हजुरहरु सबैमा म नमन गर्दछु । यत्तिको माया र साथ सदैव पाईरहन पाउँ।
तर एउटा कृकेट व्याट समस्याको समाधान होईन । म बाहेक पनि थुप्रै राष्ट्रिय ,अन्तराष्ट्रिय स्तरमा खेलिरहनु भएका खेलाडीहरु प्रायोजक विहिन हुनुहुन्छ। कति क्षमतावान खेलाडीहरु किट्स कै अभावमा पलाएन भएका छन, हुने क्रममा छन। मैले त जेनतेन व्यवस्था गरिरहेको छु , चलिरहेको छ तर समग्र यो क्षेत्रमा प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएका खेलाडीहरुको के हुन्छ ?

राष्ट्रिय कृकेट खेलाडि ललित राजवंशीले फेसबुम मार्फत खेलाडिहरुको अवश्था धेरैनै कम्जोर भएको प्रस्टाएका छन् । राष्ट्रिय कृकेट खेलाडि ललित राजवंशीले फेसबुम मार्फत खेलाडिहरुको अवश्था धेरैनै कम्जोर भएको प्रस्टाएका छन् । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 13, 2023 Rating: 5

No comments

Videos