डेंगु : लक्षण र बच्ने तरिकाहरु | Dengue (break-bone fever)

 “ डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन | तेसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | ”

अहिले नेपालको धेरै जसो ठाउहरुमा डेंगुको महामारी फैलिएको अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ |

डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरि छ :


पानी जम्न नदिने

लामखुट्टेले जमेको पानी मा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउतै तै   ठाउमा पानी जम्मा हुन नदिने र यदी कुनै पानी जम्न सक्ने भाडाकुडा हरु छ भने , तेसलाई राम्ररी छोपेर राखने या नस्ट गर्नु पर्छ |


पुरै शरीर ढाक्ने कपडा लगाउने

लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म  छाला पुरै छोप्ने  खालका कपडाहरु लगाउनु पर्छ |


लामखुट्टे निवारक  क्रिम या साधन को प्रयोग

पुरै  शरीर मा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ |


ढोका झ्याल बन्द राखने

झ्याल ढोका हरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |


डेंगुका  लक्षन हरु:

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • आखाको भित्री (पछाडी ) भाग दुख्ने
  • बान्ता आउने , रिंगटा लाग्ने
  • जिउ दुख्ने , गलेको महसुस हुने
  • ४-७ दिन मा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने

यदी यस्ता कुनै लक्षन हरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला | डेंगु विरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुनाले छिटो भन्दा छिटो परीक्षण गराउनु पर्छ |




डेंगु : लक्षण र बच्ने तरिकाहरु | Dengue (break-bone fever) डेंगु : लक्षण र बच्ने तरिकाहरु |  Dengue (break-bone fever) Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 14, 2023 Rating: 5

No comments

Videos