किन दिँदैनन् ग्राहकलाई खुद्रा पैसा फिर्ता ? रु. २ को चकलेट होइन, उपभोक्ताले आफ्नो पैसा नै फिर्ता मागे
🚨 किन दिँदैनन् ग्राहकलाई खुद्रा पैसा फिर्ता ? रु. २ को चकलेट होइन, उपभोक्ताले आफ्नो पैसा नै फिर्ता मागे
भाटभटेनी सुपरमार्केटमा रु. १,२६८ को सामान खरिद गरी रु. १,३०० तिरेका एक ग्राहकले फिर्ता पाउनुपर्ने रु. ३२ मध्ये रु. ३० मात्र नगद पाएको र बाँकी रु. २ को सट्टा दुईवटा चकलेट दिइएको दाबी गरेका छन्। आफूलाई चकलेट आवश्यक नभएको भन्दै उनले आफ्नो सहमतिबिना खुद्रा पैसाको सट्टा वस्तु दिइएको विषयमा प्रश्न उठाएका छन्।
ग्राहकले यो विषयलाई रु. २ को मात्र नभई उपभोक्ताको सहमति, नगद फिर्ता र कारोबारको पारदर्शितासँग जोडिएको विषय भन्दै भाटभटेनी, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएका छन्। “हामीलाई चकलेट होइन, आफ्नो पैसा फिर्ता चाहिएको हो,” भन्दै उनले खुद्रा पैसाको नाममा चकलेट वा अन्य वस्तु दिने अभ्यासबारे स्पष्टता मागेका छन्।
Victim: Shreedeep Wagle
#bhatbhateni #smartnepal
किन दिँदैनन् ग्राहकलाई खुद्रा पैसा फिर्ता ? रु. २ को चकलेट होइन, उपभोक्ताले आफ्नो पैसा नै फिर्ता मागे
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
October 25, 2026
Rating:

No comments