❤️🇮🇳🇳🇵 “म यो दृश्य हेर्न सक्दिनँ… नेपाललाई एक्लै छोड्दिनँ।”
❤️🇮🇳🇳🇵 “म यो दृश्य हेर्न सक्दिनँ… नेपाललाई एक्लै छोड्दिनँ।”
भारतको चर्चित NGO Har Maidaan Fateh Society बाट नेपाल आएर लगातार बाढीपीडितको सहयोगमा खटिरहेका उनि अहिले प्रभावित क्षेत्रमा पुगेर राहत बाँडिरहेका छन्।
उनले भनेका छन्, “म यो दृश्य हेर्न सक्दिनँ, म हेर्नै सक्दिनँ। सबैले नेपाललाई एक्लै छोडिदिए पनि म छोड्दिनँ। म हरेक नेपाली आमा–बुबाको घरमा राशन पुर्याउँछु।”
भिडियोमा पनि उनि बाढी प्रभावित क्षेत्रमा पुगेको, पीडितलाई राहत बाँडेको र उनीहरूको दुःखमा साथ दिएको देखिन्छ।
उनको एउटा कुरा झन् मन छुने छ—
“सबैभन्दा ठूलो भनेको भगवान्को शक्ति हो। उहाँले चाहनुभयो भने एक मिनेटमै सबै ध्वस्त पारिदिन सक्नुहुन्छ। हामी कुन कुराको घमण्ड लिएर बसेका छौँ?”
आज नेपालसँग उभिने बेला आएको छ। बाढी प्रभावित क्षेत्रमा यति धेरै दुर्गन्ध फैलिएको छ कि सास फेर्नसमेत गाह्रो हुने अवस्था छ। यस्तो अवस्थामा टाढाको देशबाट नेपाल आएर पीडितको हात समात्नु र राहत बाँड्नु सानो कुरा होइन।
विदेशबाट नेपाल आएर नेपालको यस्तो दुर्दशा हेर्न नसकेर हाम्रो दुःखमा साथ दिन उभिएकोमा उनिलाई मनदेखि धन्यवाद। ❤️🙏
देशको सीमा त भौगोलिक कुरा हो,
त्योभन्दा पहिला हामीभित्र मानवता बचिरहनुपर्छ।
🇮🇳❤️🇳🇵 नेपालको दुःखमा साथ दिन आएको यो मनलाई सम्मान।
#harmaidaanfatehsociety #smartnepal #floodvictim
❤️🇮🇳🇳🇵 “म यो दृश्य हेर्न सक्दिनँ… नेपाललाई एक्लै छोड्दिनँ।”
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
September 01, 2026
Rating:

No comments