❤️ छुच्चि आशिका दिदि र पल शाहा राहत बाँड्दै ।

❤️ छुच्चि आशिका दिदि र पल शाहा राहत बाँड्दै ।
“लत्ताकपडा, खाना र आवश्यक सामान एक महिनालाई पुग्ने गरी सबै ल्याएर राखिदिएकी छु है…” भन्दै बाढीपीडितहरूका बीचमा आशिका तामाङ आफैं जुस बाँड्दै थिइन्। साथमा अभिनेता पल शाह पनि सहयोगमा जुटे। आशिका भन्छिन्—राहत कोषमा जम्मा भएको पैसा बाढीपीडितलाई आवश्यक पर्ने ठाउँमा खर्च हुनुपर्छ भन्ने आवाज आफूले उठाउँदै आएको र यही पुण्य कामबाट त्यसको सुरुवात गरेको। पीडितहरूका लागि ४–५ महिनासम्म पुग्ने खाद्यान्न तथा आवश्यक सामग्री लिएर पुगेकी आशिकाले भनिन्, “सामान पुग्दैन भने आशिका दिदिलाई फोन गर्नु।” त्यो एउटा वाक्यमा राहत मात्र होइन, आफ्नोपनको भरोसा पनि थियो। पल शाह बसिरहेको ठाउँमा पुगेर आशिकाले भनिन्, “पल शाहा ज्यु, उठ्नुहोस् कहाँ बसेर बसेर बाँडि रहनु भएको?” त्यसपछि पल पनि जुरुक्क उठे, जुसको कार्टुन हातमा लिए र आशिकासँगै पीडितहरूलाई बाँड्न थाले। बोल्दा कहिलेकाहीँ शब्दहरू अलि रुखा सुनिन सक्छन्, तर मन सफा छ भने कर्मले सबै कुरा बोल्दोरहेछ। 🙏 जनताले दिएको मत केवल जित्नका लागि होइन, जनताको दुःखमा उभिनका लागि हो भन्ने कुरा आशिका तामाङले आफ्नो कर्मबाट देखाइरहेकी छिन्। “केही गर्छु” भन्ने धेरै हुन्छन्, तर गरेर देखाउने थोरै। त्यसैले होला—जनताले उनलाई विश्वास गरेर मत दिएका छन्। ❤️🙏 #paulshah #ashikatamang #smartnepal #flood
❤️ छुच्चि आशिका दिदि र पल शाहा राहत बाँड्दै । ❤️ छुच्चि आशिका दिदि र पल शाहा राहत बाँड्दै । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 30, 2026 Rating: 5

No comments

Videos