अचम्म 😳 सांसद बिश्वराज पोखरेल ले आफू आउँदा हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै शिक्षकलाइ थर्काएका छन्। 🤔

अचम्म 😳 सांसद बिश्वराज पोखरेल ले आफू आउँदा हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै शिक्षकलाइ थर्काएका छन्। 🤔
एउटा जिल्ला को एउटा मान्य आउँदा खेरी भित्र हेडमास्टर चुप लागेर बस्ने? म पुलिस फोर्स को बिशिष्ट श्रेणी को मान्छे हुँ। झन्डै झन्डै आइजी भएर देश चलाएको मान्छे हुँ। अन्याय परेर राजनीति मा आएको मान्छे हुँ। मलाई थाहा छ देश कसरी चलेको छ। मान्य गेट मा बसि रहेको छ अनि तपाई बाहिर न निस्कने? गेट मा स्वागत गर्न आउनु पर्छ हेड मास्टर भएर। यो जिल्ला को १ नम्बर मान्य हुँ। रिसिभ गर्न आउनु पर्छ तपाई हरु। मान्य लाई अपमान गर्ने? म जनता को मत बाट जितेको मान्छे हुँ। तपाई रेस्पेक्ट सिक्नुहोस् है, विद्यालय को टिचर ले सिक्नुहोस्। त्यति कुरा गर्दा गर्दै विद्यालय का हेड मास्टर ले गल्ती को महसुस भएको जानकारी गराउँदै थिए फेरि माननीय बिश्वराज पोखरेल भन्नु हुन्छ तपाईले टिचर राखेर मान्य आउँदा हाम्रो ध्यान न पुगेको भनेर खेद प्रस्ताव पास गर्नुहोस् अनि मात्रै तपाईको विद्यालय मा छिर्ने अनि कुरा गर्छम्। मान्य आउँदा झरपट आएको जस्तो गरी रहेको छ कुनै कर्मचारी आएको जस्तो गरी रहेको छ, कर्मचारी भए पनि म बिशिष्ट श्रेणी को कर्मचारी हुँ रिटायर्ड कर्मचारी हुँ अहिले पनि ५० हजार तलब खान्छु। सरकारले पेन्सन दिन्छ मलाई। भन्दै बाटो तताए। तर कुरा यति कै मा टुङ्गिँदैन अब स्थानीय ले यो कुरा को विरोध गर्न थाले। उनीहरु भन्छन्, विद्यालय को तर्फ बाट उहाँलाई सम्मान पुगेन छ तर हामीपनि त स्थानीय हो नि हाम्रो कुरा सुन्नु पर्दैन? किन न सुनी हिँड्नु भयो उहाँ? यस्तै हो भने यो पटक ठिकै छ ५ वर्ष पछि हेरौला। Via: video on social media उनी ओखलढुंगा बाट निर्वाचित रास्वपाका सांसद । #bishworajpokhrel #smartnepal #Okhaldhunga
अचम्म 😳 सांसद बिश्वराज पोखरेल ले आफू आउँदा हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै शिक्षकलाइ थर्काएका छन्। 🤔 अचम्म 😳 सांसद बिश्वराज पोखरेल ले आफू आउँदा हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै शिक्षकलाइ थर्काएका छन्। 🤔 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 25, 2026 Rating: 5

No comments

Videos