भावुक हुँदै रवि लामीछाने श्रीमती निकिता पैडेलले लेखिन भावुक स्टाटस:


प्रशासनले अहिले आउनु पर्दैन, बोलाएपछि आउनुस् चिन्ता नगर्नुस् भन्यो: जनताले प्रश्न उठाइसके, म छिटो भन्दा छिटो कारागार जानुपर्छ भन्यौ । मलाई थाहा छ तिमी निकै बिरामी छौ, अस्पताल जाउँ पुरै शरीर चेक गराउँ भनें : होइन म ठिक छु,प्रश्न उठेका बेलामा त्यसो गर्नुहुन्न, म कारागार फर्किन्छु भन्यौ । भोलि बुवाआमाको श्राद्ध छ,कम्तिमा श्राद्ध गरेर त जाउ भनें: होइन बहाना बनाएको जस्तो हुन्छ,म कारागार फर्किन्छु भन्यौ। आज एक दिन त बस, आज तिम्रो जन्मदिन हो भनें: न्याय पाएपछि मनाउँला,म कारागार फर्किन्छु भन्यौं ।

तिमीसँग भेट भएदेखि पहिलोपटक तिम्रो र मेरो जन्म दिनमा तिमी र म सँगै छैनौं। म घरमा एक्लै छु तर मनभरि तिमी नै तिमी छौ । तिमीमाथि पाप गर्नेहरू लाई जनताले नाङ्गेझार पारे। तिमी अझै दुःख खेपिरहेका छौं । तर तिमी चिन्ता नगर, म हारेकी छैन। त्यसमाथि हिजोबाट त देशमा नयाँ बिहानी आएको छ। आशा गर्छु त्यो बिहानीको किरण मेरो घरसम्म आइपुग्नेछ। पापीहरूले उजाड पार्न खोजेको मेरो सुन्दर, सानो घरमा नयाँ बिहानीले पक्कै पनि उज्यालो छर्नेछ । जन्मदिनको धेरै धेरै शुभकामना । तिमीले न्याय पाएको दिनलाई तिम्रो नयाँ जन्मदिन मानी हामी मिलेर फेरि दही काटौला, दियो बालौला । यो घर पनि,यो देश पनि उज्यालो पारौला । म छु, जनता छन् ,पिर नगर है ।

Happy Birthday My Dear Buda
#JusticeForRabiLamichhane #rabilamichhane #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post