शान्तिको रु ५०,००० सहयोग

लोक दोहोरी गायीका शान्ति श्री परीयारले न्भल(श् मा घाईते भएकाहरुका लागी भनेर सामाजिन अभियान्ता आशिका तामाङ्ग मार्फत रु ५०,००० सहयोग गरेकि छिन् । उनि लेख्छिन– म सङ्ग एकदम थोरै मात्रै रकम छ । न्भल(श् आन्दोलनका घाइतेहरु सम्म पुर्याइदिनुस ल । हजुरको यो पबित्र पुन्यकर्ममा एक थोपा भएर मिसिन मन लाग्यो । साच्चै हजुर प्रति धेरै इज्जत बढेको छ, धेरै ठुलो सम्मान छ ।



#shantishreepariyar #smartnepal #genz

शान्ति लेख्छिन्: आशिका दिदी नमस्कार, म सङ्ग एकदम थोरै मात्रै रकम छ। zen z आन्दोलनका घाइतेहरु सम्म पुर्याइदिनुस ल। घाइते भएर उपचार गराइरहनु भएका,२ छाक खान सम्म अभावमा रहनुभएका भाइबहिनी हरुलाई हजुरले जसरी रात दिन नभनी हरेक हस्पिटलहरुमा घरहरुमा, कोठाहरुमा, छाप्रोहरुमा पुगेर जुन तरिकाले सहयोग गरिरहनु भएको छ, त्यो देखेर साच्चै हजुर प्रति धेरै इज्जत बढेको छ, धेरै ठुलो सम्मान छ🙏 कैयौँको आमा बन्नु भएको छ, दिदी बन्नु भएको छ। जहाँ शरिरमा एक सरो लुगा सम्म नभएका घाइते हरुलाई लुगा किनेर हस्पिटल पुग्नु भएको छ। जो बिहान बेलुका उसैले कमाएर मात्रै घर चलिरहेको थियो , उसैलाई गोली लागेर ओछ्यानमा ढलेको छ। उस्को घरमा दाल चामल र तेल बोकेर पुग्नु भएको छ। दुखेको घाउ सङ्गै दुखेका मन हरुको मलम बन्न पुग्नु भएको छ। साँच्चै हजुर हर ठाउँमा पुग्नु भएको छ। हजुरको यो पबित्र पुन्यकर्ममा एक थोपा भएर मिसिन मन लाग्यो। मेरो तर्फ बाट नेपाली रुपैयाँ पचास हजार छ, हजुरले सुरु गर्नुभएको पबित्र कर्ममा मिसाउन चाहेँ, हजुरको हात बाट हस्तान्तरण गरिदिनुस ल। आफ्ना भाईलाई काँडाले कोर्दा पनि रुने आँखाहरुले, कैयौँ दाजु भाईहरुले ज्यान गुमाएको देख्दा, घाइते भएको देख्दा , रुनु र मुटु दुखाउन बाहेक केहि गर्न नसकेमा पिडाबोध भएको मनलाई थोरै भएपनि हलुङ्गो बनाउन हजुरको सहारा लिएँ। मेरो सानो भन्दा सानो सहयोग र अनुरोध स्विकार्नु गर्नु भएकोमा हृदय देखि धन्यवाद 🙏 हजुरको सहयोगी भावना र यो निरन्तर खटाइको ठुलो प्रसंसक शान्तिश्री परियार।
शान्तिको रु ५०,००० सहयोग  शान्तिको रु ५०,००० सहयोग Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 18, 2025 Rating: 5

No comments

Videos