पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

 लिस्बन (पोर्चुगल), २३ असार : युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका दिनदेखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली क्लब तथा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।


खेलकुदको माध्यमबाट युरोपका नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले राससलाई जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो हात पार्नेछन् भने उपविजेताले दुई हजार ५०० युरोसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरी २० टिमको सहभागिता रहने संयोजक राईले बताउनुभयो ।

पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 07, 2025 Rating: 5

No comments

Videos