किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार ।

 झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो ।



गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै दिन्छु’ भन्दै किशोरीलाई उनी बस्ने ठाउँ बताउन लगाए ।


त्यतिबेला रातको १० बजेको थियो । पदमले नगदै दिने भनेपछि किशोरीले आफ्नो ठेगाना दिइन् । यता पदमले आफ्ना २३ वर्षीय दाइ हरि थापा र २२ वर्षीय सोम बिकलाई किशोरीले भेट्न बोलाएको कुरा सुनाए । उनले आफूसँग कुनै सवारी नभएकाले सोम बिकका साथी २३ वर्षीय केशव भण्डारीलाई बाइक मागिदिन अनुरोध गरे । त्यसपछि पदम थापा, सोम बिक, केशव भण्डारी र हरि थापा एउटा चोकमा जम्मा भए ।


चोकमा भेटिएपछि हरि थापाले अर्का साथी २४ वर्षीय बालकृष्ण जोशीलाई पनि बोलाए । उनीहरू पाँच जना भएर किशोरीले भनेको ठाउँतिर गए ।किशोरीले भनेको ठाउँ आउन थालेपछि पदम थापाले बाटो सोध्न किशोरीलाई कल गर्न खोजे, तर उनको मोबाइलमा ब्यालेन्स नभएपछि दाइ हरि थापाको नम्बरबाट किशोरीलाई फोन गरे ।


यता पदम थापाका दाइ हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी धनगढी विमानस्थल जाने सडकमा पर्ने झलारी चोकमा रोकिए । पदम थापा र सोम बिक बाइकमा राति साढे ११ बजेतिर किशोरीले भनेको ठाउँमा पुगे । 


पदमले किशोरीलाई भेट्नुअघि नै सोम बिकले आफू त्यता नजाने भने । त्यसपछि पदम एक्लै किशोरी कुरिरहेको ठाउँमा गए । उनीहरू कुरा गर्दा रातको साढे १ बजिसकेको थियो । त्यही बेला पदमले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । तर, पदमले किशोरीको अनुमतिबिनै जबरजस्ती करणी गरे । 


त्यसको केही समयपछि उनीहरू फर्किन लागेका थिए । त्यही बेला पदमका अन्य साथीहरू हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी उनीहरूको बाटो ढुकेर बसिरहेका थिए । तीन जनामध्ये बालकृष्ण जोशीले किशोरीको हात समातेर आफूतिर ताने  र, जबरजस्ती करणी गरे ।


त्यसपछि उनका अन्य साथी हरि थापा र केशव भण्डारीले करणी गर्न खोज्दा किशोरी चर्को स्वरमा कराइन् । यसपछि पदम र सोम बिकले किशोरीलाई उनको कोठासम्म पुर्‍याइदिए । र, उनीहरू पाँचै युवक ओलानी चोकमा भेटी आ-आफ्नो घरतिर लागे । 


पीडित किशोरीका अनुसार उनीहरूले जबरजस्ती करणी गरेपछि धम्की दिएर मोबाइल पनि खोसेर लगेका थिए । पछि किशोरीले आफ्ना अभिभावकलाई सबै घटना सुनाएपछि उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए । 


प्रहरीका अनुसार ती किशोरीको उमेर १७ वर्ष आठ महिना २५ दिन रहेको छ ।४ भदौमा पाँच जना युवकविरुद्ध कैलाली जिल्ला अदालतमा सामूहिक जबरजस्ती करणीसम्बन्धी अभियोगपत्र दर्ता भएको छ । हाल २० वर्षीय पदम थापा पक्राउ परिसकेका छन् भने बाँकी चार जना फरार छन् । 


त्यस्तै प्रतिवादी पदम थापा, केशव भण्डारी, हरी थापा, बालकृष्ण जोशी र सोम बिकबाट सोही संहिताको दफा २१९ (३क) (ख) बमोजिम जरिवाना गरी उक्त जरिवाना वापतको रकम पीडितलाई क्षतिपुर्ति वापत दिलाई भराई पाउन माग दाबी प्रस्तुत गरिएको छ ।

Link: https://www.facebook.com/watch/?v=819592757022582

किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार । किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 24, 2024 Rating: 5

No comments

Videos