यस वर्षको तिज "यो तिजको लहरहो" संगै ।
नेपाली महिलाहरुको विशेष पर्व मानिने हरितालिका तिज यस वर्ष अश्विन १ गने परेको छ । यसै पर्वलाई लक्षित गरेर अधिकांस गीत संगीतहरु बजारमा आउन थालीसकेका छन् ।
आज मात्रै नोभिस आर्टस व्यानरबाट यो तिजको लहर हो बोलको गीत नोभिष आर्टस नामक युटुब च्यानल मार्फत प्रकाशन भएको छ । गीतमा आवाज सदावहार गायीका मेलिना राई तथा अहिलेकि चर्चित गायिका अनु चौधरीले दिएकि छिन् । उक्त गीतमा शब्द डि पि खनालको रहेको छ भने संगीत तारा प्रकाश राईले गरेका छन् । स्मारीका ढकाल, सामारीका ढकाल, दिपा शाहि, सुशीला थापा, आभा थापा र बिना राउतहरुको नृत्य रकेको गीतमा क्यामरा भने अर्जुन तिवारीको टिमले चलाएको छ । शान थापाको निर्देशनमा तयार भएको उक्त तिज गीतको नृत्य निर्देशन भने राजीव समरले गरेका छन् ।
प्रसार भएको केहि समय बिताउन नपाउँदै उक्त गीतले दर्शकहरुको वाहा वाहि बटुल्न थालिसकेको छ । अधिकांस दर्शकले गीतको शब्द तथा नृत्य मन पराएकाछन् भने गीतलाई भिडियोले न्याय दिएको बताउँछन् । प्रसारण भएको केहि समयमै यतिका धेरै दर्शकको साथ पाएकोले गर्दा यस वर्षको उत्कृष्ट गीतहरु मध्ये यस गीतपनि अग्र स्थानमा पर्छ भन्नेमा विश्वस्त रहेको नोभिष आर्टसका संचालकहरु मध्येका एक आशिष कोईराला बताउनु भयो । गीतलाई न्याय गर्नको लागी र नेपाली सस्कृति जोगाउनका निमित आफूहरुले कहिंकतै कसुर खाली नराखेको संचालक कोईराला बताउनु हुन्छ ।
आउँदै गरेको नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको सबैलाई शुभकामना ।
भिडियो हेर्न: https://youtu.be/Mp5CRlbl9jo
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 14, 2023
Rating:

.jpg)
No comments