युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा

नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।


उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा 

राजनीतिक परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तनको महशुस नभएको गुनासो गरेका छन् ।

उनले लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरुको मात्र पेवाजस्तै रहेको टिप्पणी गरेका छन् । उनले राजनीतिक परिवर्तन हुँदा केहीको जीवन पद्धती परिवर्तन भएको तर भुईँमान्छेहरुका भावनाको कहिल्यै कदर नभएको पनि गुनासो पोखेका छन् ।

उनले आफूले अब भुँई मान्छेका आवाज सदनमा बुलन्द बनाउने र त्यसको लागि बर्दिया २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-

उम्मेदवारि घाेषणा
===========
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडी बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन ! लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरूकाे मात्र पेवा जस्तै रह्ययाे ।
केही काे जिवन पद्वति परिवर्तन भयाे र भुईमान्छे हरूका भावनाहरूकाे कहिल्यै कदर भएन्न ! अब भुई मान्छेका आवाजहरूलाई सदमान बुलन्द गर्न मैले बर्दिया जिल्लाकाे क्षेत्र नं.२ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट प्रतिनिधि सभा सदस्यकाे लागि आज उम्मेदवारि घाेषणा गर्दछु ।
बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya ) का लागि म अनवरत रूपमा लागरहने प्रतिवद्वता ब्याक्त गर्दछु । यहाँ सम्म यहाँहरूले गरेकाे माया, सद्भाव, आत्मियता अवस्मरणिय छ र आगामि दिनहरूमा यहाँहरू सम्पुर्णकाे साथ सहयाेगकाे लागि हार्दिक-हार्दिक अनुराेध गर्दछु । जय राष्ट्रबाद !”

 

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post