स्थानीय जनताको मन जितेका स्वतन्त्र उमेदवार नकुल खड्का ।

 ललितपुर महानगर पालिका वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवारको निकै नै चर्चा हुने गरेको छ। स्थानीय समाज सेवी जनताको दुख सुखमा साथ दिएर न्यानो माया पाएका नकुल खड्का स्वतन्त्र तर्फ आफूलाई उम्मेदवार बनाउनु भएको छ।महानगरपालिका भएर पनि भने जस्तो विकास हुन् नसकेको २५ नं वडामा गतिलो बाटो घाटो ढल ब्यबस्थि छैनन्। अस्तव्यस्त रहेको वडाको विकासलाई सु–व्यवस्थित बनाउने उहाँको सङ्कल्प रहेको बताउनु हुन्छ। 



स्थानीय समाज सेवी तथा व्यवसायी मदन महतका अनुसार अघिल्लो स्थानीय निर्वाचनमा चुनाव जितेर आउनेहरूले केही गर्न सकेनन् जस्तो थियो पहिला अहिले पनि उस्तै रहेको बताउँछन् । अब हाम्रा लोकप्रिय स्वतन्त्र उम्मेदवार नकुल खड्कालाई जसरी पनि जिताउने उनको भनाई थियो । 


नकुल खड्काले गर्दै आउनु भएको सजा सेवाको बारेमा अर्का स्थानीय समाज सेवी आत्माराम बानिया भन्छन् अब देशमा धेरै वर्ष राजनीतिक दलका प्रतिनिधिले सिस्टम चलाउन खोजे तर सकेनन् अब स्वतन्त्र उम्मेदवारलाई मत दिएर जिताएको खण्डमा समाज परिबर्तको लागि जनताको पनि योगदान रहने छ। अब यो निर्वाचनमा हामी वडावासीले स्वतन्त्र उम्मेदवार नै जिताउने अभियानमा रहेको बताए । 


उनले गरेको समाज सेवालाई लिएर स्थानीय नेपाली काँग्रेस वडा २५ का निवर्तमान सभापति राजु थापा भन्छन् नकुल खड्काले विगत लामो समय देखि गर्दै आउनु भएको समाज प्रतिको त्याग र लगनशीलतालाई मात्रै हेर्ने हो भने पनि निर्विरोध वडा अध्यक्ष चुन्नु पर्ने हो भन्दै वास्तविकता यस्तो रहेको बताए । 



स्थानीय शिक्षक रत्न प्रसाद घिमिरे भन्छन् उहाँ स्वतन्त्र भएकै हिसाबले पनि जनताले साथ दिएको हो । राज्यले जनतालाई दिने हरेक सेवालाई सजिलो बनाएर जनताको सेवामा समर्पित गराउने स्वतन्त्र उम्मेदवार नकुल खड्काको चाहना रहेकोले यस पटकको निर्वाचनमा पुतली चिन्न्हामा मतदान गर्न सबै मतदालाई आग्रह गर्नु भएको छ। 


मैले जनताको दुख सुखमा साथ विगत ३० वर्ष देखि गर्दै आए अब औपचारिक रूपमा जनताको प्रतिनिधि बनेर वडावासीको सेवा गर्ने आफ्नो चाहाना रहेको स्वतन्त्र उम्मेदवार खड्का बताउनु हुन्छ। स्थानीय जनताको पिर मर्का आपत विपथमा सधैँ जनताको साथमा रहने खड्का सम्पूर्ण वडावासीले आफू स्वतन्त्र उम्मेदवार भएकै कारण पनि आफूलाई जनताले माया गरेको र चुनाव जितेर जनताको सेवक बन्ने बताउनु हुन्छ। 


भूकम्प जस्तो विनाशकारी प्राकृतिक विपथ पर्दा उहाँले स्थानीय जनतालाई पुराएको राहत र सेवाको बारेमा स्थानीय बासिन्दा मन खोलेर प्रशंसा गर्छन्। स्थानीय शर्मिला ठकुरी त आपत परेको बेला उहाँ जस्तो मान्छे भगवा बनेर मेरो दुखमा आइदिनु भयो भन्दै भावुक बनेकी थिइन। स्थानीय टोल सुधार समिति देखि वडाको विभिन्न विकास निर्माणमा अगुवाइ गर्दै आउनु भएका नकुल खड्का आफूले जितेको खण्डमा आज सम्म वडा बासीलाई दिन नसकेको सेवा सुविधा जनतालाई दिने र वास्तवमै हामीले सही प्रतिनिधि छनौट गरेछु भन्ने प्रत्याभूति मतदातालाई दिलाउने उहाँको प्रतिबद्धता रहेको छ।



तपाईँलाई किन भोट दिने भन्ने हाम्रो प्रश्नमा खड्काले भन्नु भयो म स्वतन्त्र उम्मेदवार हुँ मा यो समाजको समाजसेवी हुँ विगत ३० वर्ष देखि मा समाजसेवामा आबद्ध छु यहाँको सारा समस्याको बारेमा जानकार छु अरूले जनताको सेवा नगरेर मालिक बन्ने प्रवृत्ति देखाए म जनताको सेवक हुँ जनताको सेवा गर्नकै लागि भए पनि मलाई भोट दिनु पर्ने हुन्छ उहाँको भनाई थियो। 


निडर र साहसी सदैव जनताको दुख सुखमा आफूलाई अब्बल देखाउने र जनताको मन जित्न सफल ईमान्दार काम कर्ममा सधैँ पारदर्शिता देखाउने खडकालाई वडा अध्यक्षको रूपमा आएको हेर्न स्थानीय जनता आतुर रहेको वडावासी बताउँछन्। २५ नम्बर वडावासीले वास्तविक प्रतिनिधि पाउँछन् यदि नकुल खड्काले जित्नु भयो भने भन्ने आम मतदातामा विश्वास देखिन्छ ।यसै कारण पनि पुतली चिन्हमा मतदान गरेर जिताउने स्थानियाहरुको चाहाना रहेको प्रस्ट सँग बुझ्न सकिन्छ। ललितपुर महानगरपालिका २५ नम्बर वडाका स्वतन्त्र उम्मेदवार नकुल खड्कालाई हाम्रो पनि जितको अग्रिम शुभकामना ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post