स्वतन्त्र उम्मेदवार गोपाल हमालको प्रेस विज्ञप्ती ।

 आदरणीय धनगढी उपमहानगरबासी आमाबुबा,दाजुभाइ,दिदिबहिनीहरु,



सबैभन्दा पहिले यहाँहरुले मेरो पक्षमा देखाउनु भएको सदासयता र बिश्वासको लागि आभार प्रकट गर्द्छु!
यहाँहरुलाइ अवगत नैं होला बिगत लामो समय देखि कहिले गोपाल हमालले पैसा खाएर जितेको पद छोड्यो,
कहिले मत बेचेर करोड कमायो,कहिले आरजु देउवालाइ घर बेचेर मिलोमतो गर्यो,कहिले बेहडाबाबाको झुठो कसम खायो,कहिले एक्लो गोपाल हमाल कुनै काम गर्न सक्दैन जस्ता दुस्प्रचार मलाई चुनाव हराउनको लागि भएका छन!यस्ता अनेक किसिमका प्रपन्च र तिगडमहरु अपनाउदा समेत आफू निर्वाचन हार्ने निश्चित देखिएपछी मौन अवधी सुरु भइसकेको अवस्थामा निर्वाचन आचार संहिता बिपरित बुधबार मात्रै( दुई दिन अगाडिको मिति राखेर) नितान्त मेरो चरीत्र हत्या गर्ने उद्देश्यले एक महिलालाई धाक धम्की र झुठो आश्वासन देखाएर नियोजित रुपमा भिडियो बनाएर सार्बजनिक गरिएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ!


यो कांडमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारको टिममा रहेका बिजय राज अधिकारी ( प्रधानमन्त्रीका संचार बिज्ञ )
प्रधान सम्पादक रहेको ग्लोब नेपाल अनलाइन मार्फत अमेरिकाबाटै झुठो समाचार पोस्ट गर्न लगाइएको तथ्य पत्ता लागेको छ अन्तमा यो भिडियो सत्य हो र मैले अपराध गरेको छु भने जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको र होइन भने यो नियोजित खेलमा संलग्नलाइ कार्वाहीको माग गर्दछु!

श्रोत: गोपाल हमालको फेसबुक पेजबाट ।

भिडियो: https://youtu.be/HIb0Kz_J4vY

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post