स्वतन्त्र उम्मेदवार गोपाल हमालको प्रेस विज्ञप्ती ।

 आदरणीय धनगढी उपमहानगरबासी आमाबुबा,दाजुभाइ,दिदिबहिनीहरु,



सबैभन्दा पहिले यहाँहरुले मेरो पक्षमा देखाउनु भएको सदासयता र बिश्वासको लागि आभार प्रकट गर्द्छु!
यहाँहरुलाइ अवगत नैं होला बिगत लामो समय देखि कहिले गोपाल हमालले पैसा खाएर जितेको पद छोड्यो,
कहिले मत बेचेर करोड कमायो,कहिले आरजु देउवालाइ घर बेचेर मिलोमतो गर्यो,कहिले बेहडाबाबाको झुठो कसम खायो,कहिले एक्लो गोपाल हमाल कुनै काम गर्न सक्दैन जस्ता दुस्प्रचार मलाई चुनाव हराउनको लागि भएका छन!यस्ता अनेक किसिमका प्रपन्च र तिगडमहरु अपनाउदा समेत आफू निर्वाचन हार्ने निश्चित देखिएपछी मौन अवधी सुरु भइसकेको अवस्थामा निर्वाचन आचार संहिता बिपरित बुधबार मात्रै( दुई दिन अगाडिको मिति राखेर) नितान्त मेरो चरीत्र हत्या गर्ने उद्देश्यले एक महिलालाई धाक धम्की र झुठो आश्वासन देखाएर नियोजित रुपमा भिडियो बनाएर सार्बजनिक गरिएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ!


यो कांडमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारको टिममा रहेका बिजय राज अधिकारी ( प्रधानमन्त्रीका संचार बिज्ञ )
प्रधान सम्पादक रहेको ग्लोब नेपाल अनलाइन मार्फत अमेरिकाबाटै झुठो समाचार पोस्ट गर्न लगाइएको तथ्य पत्ता लागेको छ अन्तमा यो भिडियो सत्य हो र मैले अपराध गरेको छु भने जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको र होइन भने यो नियोजित खेलमा संलग्नलाइ कार्वाहीको माग गर्दछु!

श्रोत: गोपाल हमालको फेसबुक पेजबाट ।

भिडियो: https://youtu.be/HIb0Kz_J4vY
स्वतन्त्र उम्मेदवार गोपाल हमालको प्रेस विज्ञप्ती । स्वतन्त्र उम्मेदवार गोपाल हमालको प्रेस विज्ञप्ती । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 12, 2022 Rating: 5

No comments

Videos