गायिका एलिनाको मेरी आमा सार्वजनिक



कथा होस या कला, यी सबै कुराले हाम्रो संस्कृति र परम्परालाई जोगाउन मदत गरी रहेकै हुन्छन् । अझ साहित्य वा संगीतको कुरा गर्ने हो भने त यसमा चार्ड पर्वको प्रत्यक्ष प्रभाव भएको पाउँछौ । अहिलेको पिडिले भोली आउने सन्ततिलाई संस्कृति र परम्परा हस्तान्तरण गर्ने एउट मूल आधार संगीत हो । पढाईएको पाठ भन्दा देखाईएको संगीतबाट नयाँ पुस्ताले त्यस्लाई सहजै स्विकार गरीएको पाहिन्छ । संगीतले मुटु छुन्छ, संगीतले मनको भाव बोल्छ । त्यसैले त धेरै कलाकारहरु यहि मनको आवाज बोलेर चिनिएका छन् । कलाकारहरुले आफ्नो देशको परम्मरा जोगाउन धेरै मदत पुय्राई रहेका हुन्छन् ।

यस्तै यहि वैसाख १७ गते परेको मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर गायिका एलिना चौहानले आमा सम्बन्धी गीत "मेरी आमा" उनकै युटुब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् । गीतका शब्द चर्चित लेखक लेखु सहयात्रीले लेखेका हुन भने संगीतपनि उनैको रहेको छ । आमामा समर्पीत उत्त गीतको संगीत संयोजन भने विशम आचार्यले गरेका छन् । गीतमा आमाले आफ्नो सन्तान प्रती गरीएको स्नेह प्रस्ट रुपमा झल्केको छ र आमालाई देविको अर्को रुप हौ भनिएको छ । गीत सुन्दै गर्दा आमाले सन्तान प्रती गरेको दुःख, आफुले पाएको दुःख र सन्तानले गर्नु पर्ने कर्तब्यलाई प्रस्टाउन खोजिएको छ । उत्त गीतमा सबै श्रोता तथा दर्शकहरुले गीतको शब्दले मन छुएको कुरा कमेन्टमा लेखेका छन्। हजुरलाई उत्त गीत कस्तो लाग्यो कृपया एक पटक हेरेर मनमा लागेका कुरा कमेन्ट बक्समा लेखिदिनु होला ।
Video Link: https://www.youtube.com/watch?v=oKOBg0DPMBQ

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post