यस्तै यहि वैसाख १७ गते परेको मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर गायिका एलिना चौहानले आमा सम्बन्धी गीत "मेरी आमा" उनकै युटुब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् । गीतका शब्द चर्चित लेखक लेखु सहयात्रीले लेखेका हुन भने संगीतपनि उनैको रहेको छ । आमामा समर्पीत उत्त गीतको संगीत संयोजन भने विशम आचार्यले गरेका छन् । गीतमा आमाले आफ्नो सन्तान प्रती गरीएको स्नेह प्रस्ट रुपमा झल्केको छ र आमालाई देविको अर्को रुप हौ भनिएको छ । गीत सुन्दै गर्दा आमाले सन्तान प्रती गरेको दुःख, आफुले पाएको दुःख र सन्तानले गर्नु पर्ने कर्तब्यलाई प्रस्टाउन खोजिएको छ । उत्त गीतमा सबै श्रोता तथा दर्शकहरुले गीतको शब्दले मन छुएको कुरा कमेन्टमा लेखेका छन्। हजुरलाई उत्त गीत कस्तो लाग्यो कृपया एक पटक हेरेर मनमा लागेका कुरा कमेन्ट बक्समा लेखिदिनु होला ।
Video Link: https://www.youtube.com/watch?v=oKOBg0DPMBQ