के बालेन शाहा को हार निश्चित हो ? कसरी आउला 90835 भोट ? Is the defeat of Balen Shah certain?



र्यापर बालेन शाहले काठमाण्डौ महानगरको मेयर पदका लागि आफ्नो स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन्। काठमाण्डौका रैथाने शाह पेसाले इन्जिनियर हुन्। उनि युवापुस्ताले खुबु रुचाउने र्याप शौलिको गित गाउने गर्छन। बालेन युवापुस्तामा चिनिनुको एउटा महत्वपूर्ण पाटो भनेको उनि र्याप गायक भएको  हिसाबले मात्रै हो।उनलाई  न कुनै राजनैतिक पार्टीको आड छ न त कुनै पार्टीको झण्डा नै।  बालेन स्वत्रन्त्र उमेद्वारी दिन जादै गर्दा राष्ट्रिय झण्डा ओढेर गएको दृश्यले सबैको मन भने लोभ्याएको थियो। बालेन राजनैतिक खेलाडीको हिसाबले कच्चा खेलाडी हुन्। उनको यो क्षेत्र भने हुदै होइन बिशेस गरि उनको क्षेत्र भनेको पूर्वाधार निर्माण सम्बन्धिको डिजाईनर नै हो ।


तत्कालिन बिबेकशील दलको  तर्फबाट उमेदवारी दिएकि  रञ्जु दर्शनाले अघिल्लो स्थानिय चुनाबमा जति चर्चा र हाईहाई बटुलेकी थिइन त्यसैगरि  यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम बन्न पुग्यो यिनै  बालेन शाह । युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको त छ नै तर पनि उनको राजनैतिक चेत भने खासै खुलेको देखिदैन । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियर हुन् । नेपाली र्‍याप गायनमा पहिचान बनाएका शाह बिना तयारि चर्चा बटुल्न कै लागि आफ्नो उमेदवारी दिएका हुन् कि भन्ने कुरामा संका छ। अघिल्लो पटक चर्चामा रहेकी रन्जु दर्शनाले आफ्नो चर्चालाई लामो समय सम्म टिकाउन सकिनन् र उनि आफै राजनीति बाट ओझेल मा परिन कतै बालेन शाहको पनि रन्जु दर्शना कै अबस्था त हुने होइन भन्ने प्रश्न जन्मिएको छ। बालेन शाहको आफ्नै तर्क छ बालेन भन्छन म ९० हजार ८३५ मत भार ल्याएर जित्छु भनेर बिभिन्न संचार माध्यमहरुमा रेकर्ड नै गर्नु भनि चुनौती दिने गरेका छन।  संगसगै चर्चित कार्यक्रम शिधा कुरा मा रबि लामिछाने संग कुरा गर्दै उनले यस्तो सम्म  बताएका थिए।

बालेन शाहले आफ्नो उमेदवारी ठुला भनिने पार्टीहरुको भोट काटेर जित्ने पनि ठोकुवा गरे। सुन्नुस है त् >>>>> एमालेले गठबन्धन बिना नै एकल उमेदवारको रुपमा  केसब स्थापितलाई  खडा गरेको छ।  स्थापित यसै त बिबादित पात्र हुन् भने एमालेले उनलाई प्राथमिकतामा राख्नुमा महानगर बासीहरुको सेण्टीमेण्टल बुझेरै भए पनि उनलाई स्थान दिएको छ। स्थापितले आफ्नो मनोनयन दर्ता पछि गेम ईस ओभर भन्दै आफु जित्ने दाबि गरेका थिए ।

 


सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि गठबन्धन मार्फत प्रकाशमान सिंह कि श्रीमती सृजना सिंहलाई महानगरको उमेदवार बनाएको छ। काठमाण्डौमा गणेशमान कै पाला देखि बलियो रहेको कांग्रेसले उनै गणेशमान कि बुहारीलाई अघि सारेको छ। सामान्य अंक गणितीय हिसाबले काठमाण्डौ महानगरलाई नजर अन्दाज गर्न नहुने अबस्था देखिन्छ। यस्तो राजनीतिक हिसाब देख्दा देख्दै पनि बालेन साह आफ्नो जित हुने कुरामा बिस्वस्त देखिन्छन। तर उनको यो कन्फिडेन्ट लेबल लाई चै मान्नै पर्ने हुन्छ। हुन् त सबै उमेदवारले भन्ने यिनै यस्तै  अभिव्यक्ति हुन् तर को हार्छ कसले जित्छ भन्ने कुरा चै  नतिजा नआउदा सम्म यसै भन्न सकिन्न। यसो त अधिलो स्थानिय निर्वाचनमा बिबेकशील दलको तर्फ बाट रन्जु दर्शना र साझा पार्टको तर्फ बाट किशोर थापाले उमेद्वारी दिएका थिए।बालेन शाहले  ९० हजार ८३५ मतले मैले जित्छु भनिरहदा २०७४को स्थानिय निर्वाचनमा  विवेकशील दलबाट रञ्जु दर्शनाले २३ हजार ४३९ र साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए ।यहि मतलाई आधार मान्ने हो भने पनि उनको मत भार ४१ हजार भन्दा हुदैन। यद्यपि बिकेकशिल दल  र साझा पार्टी एक भएपछी बनेको बिबेकशील साझा पार्टीले बालेनको उमेदवारी दिएको महानगरमा आफ्नै उमेदवार खडा गरेको छ।

 यो सबै कुरालाई हेर्ने हो भने उनले पाउने मत भार भनेको अत्यन्त  न्यून रहने कुरामा दुई मत नै छैन। उनको भानाई लाई आधा मान्ने हो भने राजनीति भनेको आमुल परिबर्तन गर्ने आधार हो। यो प्लेटफ़म भनेको देश दुनिया बदल्ने ठाउमा पुग्ने आधार बिन्दु हो। अहिले सम्म जति पार्टीका मान्छे बिभिन्न ब्याक्ति उक्त ठाउमा पुगे तर उनीहरु बाट आफु बनिने बाहेक अरु केहि गर्न सकेनन भन्ने कुरा सत्य पनि हो तर राजनीतिलाई राम्रो संग नबुझी यो क्षेत्रमा आउनु भनेको भोलिको दिनमा सफलता प्राप्त भएछ भने पनि जनताले आशा गरेको जस्तो काम नहुने पनि निश्चित छ किनभने उनलाई राजनिति सिक्ने समय लाग्ने कुरा देखिरहेको छ।


आकर्षण भाषण र मिठो गित गाउदैमा जनताले पत्याइहाल्छन भन्नु पनि अतियुक्ति हुन्छ। बालेन लाई समर्थन गर्ने पुस्ता भनेकै युवा पुस्ता हुन् जो उनको र्याप गित बाट प्रभावित छन्। यसो त उनको फ्यान फलोअर्स  देशै भरि छन् पुर्ब मेची देखि पश्चिम महाकाली सम्म उनको र्यापको फ्यानहरु छन् तर उनलाई भोट हान्लने भोटर्स भनेको  काठमाण्डौ महानगर पालिका भित्र बस्नेले मात्रै हो नि यो कुरा उनले बुझेका पक्कै छन्। उनको प्रतिबद्दता पत्र सरसर्ती हेर्दा कसैले बनाइदिएको ठाउलाई केहि रंग रोगन गर्ने जस्तो बाहेक अरु देखिदैन। शिक्षा स्वास्थ्य रोगजार कृषि उत्पादन क्षेत्रमा खासै ठोस कुरा उल्लेख गरिएको छैन। हो युवा नेतृत्व देशलाई नै चाहिएको छ। देशमा बुढा पुस्ताले बर्सौ सम्म राज गरेर बसेका छन् तर जनतालाई दिनु पर्ने बिकास सेवा सुबिधा भने ठप्प छ भ्रष्टाचार चरम उत्कर्समा पुगीरहेकोबेलामा पक्कै पनि केहि गर्नु पर्छ भन्ने व्यक्ति नै छनौट गर्नु पर्ने हो तर यहा साम दाम दण्ड भेदको चरम दुरुपयोग गर्दै रातारात धादली गरेर चुनाबको नजिता आफुमा पर्ने प्रवृति ज्युकात्यु छ। बालेन शाहको उमेद्वारी भनेको भोट काट्नको लागि बाहेक अरु होइन भन्ने कुरा तितो सत्य नै हो।

बिजय हासिल गर्न भन्दा पनि सम्भावित अर्का उमेद्वारको भोट कटौती गर्ने र तेस्रो पक्षले बिजय प्राप्त गर्ने कुरा उनको उमेद्वारी बाट देखिन्छ। पारिवारिक भोटले जितिन्छ भन्ने कुरा सपना जस्तै हो नेपालको राजनीतिको हकमा। उनको कलाकारितामा जति लोकप्रीयता बास्तबमा भन्ने हो भने उनको समर्थक पनि कलाकारिता कै आधारमा बनेको समर्थक हुन् । उनको सांगीतिक क्षेत्रले समग्र देशलाई छुनेसक्दै  छुन्छ त केवल टिन एजरलई तर मतदाता भने त्यो उमेर भन्दा माथि नै  धेरै छन् महानगरमा भन्ने कुरा हेक्का हुन् जरुरि देखिन्छ ।

लहडको भरमा र केहि समर्थकहरु जम्मा भएको भरमा राजनीतिमा आउछु र देशलाई आमुल परिबर्तनको दिशा तर्फ लाग्छु भन्ने महत्वाकांक्षा बोक्नु भनेको मुर्खता हो। उनकै भनाई लाई सापटी लिने हो भने राजनीति संग म टाढा छु सिक्दैछु तर महानगरको नेतृत्व चै काम गर्ने क्षमतावान ब्याक्ति आउनु पर्ने उनको तर्क छ। अझ बालेन थप्छन "मलाई केहि नपुगेर राजनीतिमा छिरेको होइन मलाई गित गएर नै पुग्छ मेरो ५ तलाको घर छ काठमाण्डौमा  तर महानगरमा जे जस्तो काम हुनु पर्ने हो त्यो अहिले सम्म भएन यहि भएर स्वतन्त्र उमेद्वारी दिएर महानगर बनाउछु भनेर आएको छु उनको भनाई छ। सम्भबत काठमाण्डौ महानगरमा ठुलासाना दलहरु साथै स्वतन्त्र उमेदवारहरु गरि धेरैको मनोनयन दाता भएको छ।

बालेन शाहको अबस्था हेर्दा उनले जति चर्चा बटुलेका छन् आउदो ५ बर्ष सम्म यो उपलब्धिलाई बचाएर अझ आफुलाई निखारे अगाडी बढुन भन्ने हाम्रो पनि आशा अपेक्षा रहेको छ उनको दाबि म जित्छु भन्ने रहदा रहदै उनलाई शुभकामना बाहेक अरु भन्न सकिदैन। तर पनि उनको जति चर्चा छ त्यति नै भोट आउने कुरामा संका भने पक्कै छ। बर्सौ सम्म राजनीतिक पार्टीका प्रतिनिधिले  गर्न नसकेको काम स्वतन्त्र व्यक्ति आएको खण्डमा  हुन्छ कि भन्ने अर्को आधार भने जनता माझ जिवितै छ तथापि यहो आंकलन र देखिएको डाटालाई आधार मान्दा अझै पनि बालेन जस्ता स्वतन्त्र व्यक्तिहरुको समय भएको छैन भन्ने देखिन्छ।



अन्तिममा बालेन शाहलाई हाम्रो तर्फ बाट जितको अग्रिम शुभकामना। 

भिडियो : https://youtu.be/3zu4KRbXzyA

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post