सुचना पाउने सबै भन्दा सजिलो माध्यम टिकटक बन्यो भने के हामीले त्यसलाई पत्रकारीताको माध्यम न बनाउने ?

 "पत्रकारीताको धर्म राम्रो शब्द चयन गरेर राम्रो लेख्नु या भिडियो मार्फत प्रसारण गर्नु मात्र होईन । नागरीकको हातमा पुय्राएर नागरिकलाई सचेत गराउनुपनि हो । धेरै राम्रा पत्रकारले गरेका पत्रकारीतालाई अहिले अर्को मान्छेले श्रेय लीने गरी रहेका छन् । टिकटक त एउटा फगत उदाहरण मात्र हो । भोलीको समयमा जुन प्रविधिले मानिसलाई अधिनमा राख्न सक्छ त्यस एप नै उचिन हुनेछ पत्रकारीता गर्नको लागी ।"



युटुब, प्रविधिसंग ईन्टरनेट संसारमा गरीएको एक नयाँ practice हो । जसलाई सबैले स्विकारेका छन् । धेरै अघि पत्रकारीता मात्र पत्र पत्रिकाबाट गरीन्थयो । त्यो भन्दापनि अघि गाउँमा बाजा फुकेर मान्छे जम्मा पारेर गरीन्थयो रे भन्ने कुरा सुनेको हुँ । समय र प्रबिधिले फड्को मार्दै गर्दा रेडियोको चर्चाले सबैलाई खिच्यो । त्यति बेलाका पत्रकारहरुले भनेको सुन्दा रेडियोमा समाचार भन्नेहरुलाई पत्रकार मान्दैनन् थिए रे । धेरै समयको लडाई पछि सरकारले रेडियो पत्रकारलाई वैधानिक पत्रकार भनेर मान्यो । नयाँ प्रविधिलाई जस्ले स्वीकार्दैन त्यो जहिले पछि पर्छ । अघि बढी रहेको समयलाई स्वीकार्न नसक्नु वा न स्वीकारनु ले नै धेरै जिवहरुको पृथ्वीमा नास भएका छन् । उदाहरण फरक भएपनि कुरा एउटै हो । कि समयलाई परीवर्तन गर या समय अनुसार परिवर्तित बन नत्र तिमीलाई पछि पार्दै अरु धेरै अघि निस्केछन् ।


रेडियो पछि टेलिभिजन आयो, अनि फोनहरुको सुविधा र सहजिकरण बन्न थाल्यो । जस्लाईपनि सुचनाको माध्यम मान्न सकिन्छ । त्यसपछि प्रविधिले यसरी फड्को मार्यो कि कसैले त्यसको सायदै अंदाग गरेका थिए होलान् । यो प्रविधिको फड्को, मानव जिवनमा भएको सबै भन्दा ठूलो विकास मान्न सकिन्छ । न यसलाई कसैले रोक्न खोज्यो न नै रोकेर रोकिने थियो । रोकेर नरोकिने यसकारणपनि थियो कि सबैले यसलाई सजिल्यै अपनाउने गरी बनेको र मानव जिवनलाई सजिलो बनाउने गरीको थियो ।


समय अनुसार कुनै दिन न्यूज वेबसाईट ईन्सटेन्ट आर्टिकलहरुपनि धेरै मैलाएको थियो । अहिले चर्चामा रहेको र सबैको ध्यान खिचेको एउटा एप छ युटुब । धेरै पत्रकारहरुले युटुब मार्फल पत्रकारीता गरी रहेका छन् । युटुब धेरैको रोजाई पर्नुको कारण चलाउनमा सरलता र त्यसबाट हुने आम्दानिको सन्तुस्टि हो । वेरोजगारले नछाडेको देशमा नागरीकहरु शिक्षित बनेपछि प्रविधिलाई अपनाउन धेरै सजिलो थियो । युटुबमा सामाग्री प्रदायक (content provider ) ले सामाग्री निर्माण गरी प्रकाशित गर्छन र दर्शकहरुको ईच्छा अनुसारलाई त्यसले अझ दर्शक पाउँछ । राम्रो र चाखलाग्दो सामाग्री छ भने धेरै दर्शकहरुसामु युटुबले पुय्राईदिनेछ र  हेर्नेछन् नत्र केहि दर्शकहरु समक्ष मात्र त्यो भिडियो पुग्ने गर्दछ ।


टेलिभिजनका केहि पत्रकारहरुले युटुब मार्फत गरीने पत्रकारीतालाई पत्रकारीता मान्दैनन् । यो भन्दै गर्दा युटुबमा प्रसारण गरीने सबै  विषय र भिडियो पत्रकारीता भित्र पर्छ भन्ने होईन । त्यसो त टेलिभिजनमा देखाईएको एक समयको चर्चित कार्यक्रम call kantipur जस्मा दर्शकको रुचि अनुसार गीत प्रसारण गरीन्थयो, के त्यो पत्रकारीता भित्र पर्थयो त ? हामीले सानो मा हेरीने सिरियल मुमिन, हिजो आजको कुरा, तितो सत्य, मेरी बास्सै अनि चलचित्र, विज्ञापन सबै पत्रकारीता भित्र पर्थयो र ? पत्रकारीताको केहि आचार संहिता हुन्छ जसलाई पालना गरेर समाचार बनाईएको छ भने त्यस्लाई पत्रकारीता भनिन्छ होला । माध्यम फरक हुन सक्छ । फेसबुक, ट्विटर, ईन्षटाग्राम, न्युज पोर्टल आदि । युटुब र फेसबुकलाई पत्रकारीता गर्ने माध्यम बनाउन अहिलेका मुलधार भनिएका पत्रकारहरु सकेनन् भने उनिहरुनै पछि पर्नेछन् ।


समय त आज अझै छोटो भई सक्यो । अव मानिसले केहि सेकेण्ड र केहि मिनेटमा घटनाको सम्पूर्ण जानकारी पाउन खोज्छन् । एउटा मानिसले धेरै भन्दा धेरै सुचनाहरु संकलन गर्न चाहान्छ । यस्को सफल उदाहरण हो टिक टक । टिकटक एउटा यस्तो एप जसलाई संसार भरमा सबैभन्दा धेरै डाउनलोड गरीएको एममा आफुलाई स्थापित गर्न सफल भयो । यो एप न बनाउनेले यस्तो होला भनेर बनाएको थियो न नै अहिलेको मानिसलाई चाहिएको कलपनाको विषय थियो । कसैले बनायो र त्यसलाई सहजै अधिकांस मानिसहरुले अपनाए । हरेक १०० मा आदि भन्दा धेरै मानिसको स्मार्ट फोनमा यो एप भेटिन्छ होला ।


भोलि समयको चक्र घुम्दै जाँदा सुचना पाउने सबै भन्दा सजिलो माध्यम टिकटक बन्यो भने के हामीले त्यसलाई पत्रकारीताको माध्यम न बनाउने ? हामीले धेरै राम्रो समाचार पत्रिकामा लेख्यौ या रेडियोमा बजायौ या टेलिभिजनमा प्रसारण गय्रौ । यदि त्यो नागरीक सामु पुगेन भने त्यो समाचारको के अर्थ ? त्यहि समाचारलाई डाउणलोड गरी अर्को व्यक्तिले तोड मोड गरी टिकटकमा हालेर धेरै माझ पुय्राउँछ र फलोवर्स र लाईक्सको रुपमा प्रसंशा पाउँछ । हो त्यो सफल पत्रकारीता हो । पत्रकारीताको धर्म राम्रो शब्द चयन गरेर राम्रो लेख्नु या भिडियो मार्फत प्रसारण गर्नु मात्र होईन । नागरीकको हातमा पुय्राएर नागरिकलाई सचेत गराउनुपनि हो । धेरै राम्रा पत्रकारले गरेका पत्रकारीतालाई अहिले अर्को मान्छेले श्रेय लीने गरी रहेका छन् ।


टिकटक त एउटा फगत उदाहरण मात्र हो । भोलीको समयमा जुन प्रविधिले मानिसलाई अधिनमा राख्न सक्छ त्यस एप नै उचिन हुनेछ पत्रकारीता गर्नको लागी । अझ सरल र सफल बन्नेछ भोलीको दुनिया । जसरी नागरीकहरुले आफुलाई परीवर्तित गर्दै सुचनाको माध्यमका लागी नयाँ स्वाद फेरी रहेका छन् हामीलेपनि पत्रकारीताको माध्यम त्यस अनुसार परिवर्तन गर्नुपर्छ । यसो गरे मात्र सदैव टिक्न सकिनेछ नत्र धेरै राम्रो पत्रकारलाईपनि नागरीकले चिन्नेछैनन् । यो पिढिले चिकेका मानिसलाई आउर्ने पिढिले चिनिन त्यस पिढिले स्विकार्ने गरी आफूलाई परिमार्जित गर्नुपर्छ ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post