गुमनाम बन्दै राजा विरेन्द्र र रानी एश्वर्याबाट सम्मान थापेकि प्रथम महिला रिक्सा चालक फूलमाया धिमाल ॥


उनी फूलमाया धिमाल,
नेपालको पहिलो महिला रिक्सा चालक । कुरा हो २०५३ साल फाल्गुन २ गते को जब फूलमाया धिमालले विरतामोडको सडकमा रिक्सा लिएर निक्लीन । समाजले बलको काम पुरुषलाई जिम्मा लगाएपनि फूलमाया भने त्यो पुरुषप्रदान समाज भित्र पर्थीनन् । उनलाई हेरेर थुक्नेहरुको कमि थिएन तरपनि गरीबिले छ्याप्पै छोपेको बाध्यताले छोराछोरीको हात मुख जोड्न भएपनि उनले रिक्साको हेण्डल समाउनै पर्ने थियो किनकि उनको साथमा श्रीमान थिएनन् । महिलाले चलाएको रिक्सामा कोहि नचढ्ने भनेर मान्छेहरु तर्किन्थे त्यसैले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई झापा आउँदा सबैलाई देखाउन बाराना तिरेर उनको रिक्सामा ओहोर दोहोर गरे ।



उनले चलाएको रिक्साको खबर यत्र तत्र सर्वत्र हुँदै समाचार र प्रेरणाको विषय बन्दै गयो । तसर्थ तत्कालिन प्रधानमन्त्री गीरीजा प्रसाद कोईरालाको सहयोगमा अमेरीका ब्रुनाई ईराक साउदि जसता देशहरुको भ्रमण गर्ने अवसर उनलाई जुट्यो । उनको जिवनलाई संघर्स र दुःख कहिल्यो छाडेन काठमाण्डैमा दिशा सोर्ने काम गरेको कहानीपनि उनीसंग जिउँदै छ । प्रथम महिला रिक्सा चालक भएको हिसाबले तत्कालिन राजा विरेन्द्र र रानी एश्वर्यालाई समेत भेट्ने मैका उनलाई जुय्रो । ईतिहाँसमा सुनौलो नाम लेखीएकि फूलमायाले आज दिनभरी होटलमा भाँडा माझेर छाक टार्नु पर्ने बाध्यता बनेको छ । पालेका छोराछोरीहरु उनलाई छाडेर गईसकेपछि उनी आज एक्लिएकि छिन् ।


कसले सहयोग गर्छ र मिठो खान पाउँछु भनेर भाडाको घरमा उनि दिन पर्खी रहेकि छिन् । सुत्ने खाट छैन न ओछ्याउने राम्रो डसना छ न नै ओड्ने सिरक । अभाववै अभावमा बितीरहेको छ उनको जिन्दगी । बुढेसकालले झ्याप्पै अंगालो हालेपनि मागेर नल्याए सम्म उनको छाक टर्दैन । उनको अनुहार ३२ मुजाले ढाकि सकेको छ । शरीर कम्जोरीले सुकि सकेको छ । त्यति बेलाको बलवान महिला आज आएर धेरैलाई हात फिजाउनु परेको देख्दा दुःख लाग्छ । सकेको सहयोग गर्नुहोला ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

गुमनाम बन्दै राजा विरेन्द्र र रानी एश्वर्याबाट सम्मान थापेकि प्रथम महिला रिक्सा चालक फूलमाया धिमाल ॥

https://youtu.be/gWJylFAkiKE

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post