❌आरती रावल साइबर कसुरमा पक्राउ‼️
❌आरती रावल साइबर कसुरमा पक्राउ‼️
काठमाडौं। प्रहरीले आरती रावललाई साइबर सम्बन्धी कसुरको आरोपमा पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
ब्यूरोका सूचना अधिकारी एसपी दिलीपकुमार गिरीका अनुसार, रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलाविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रकाशित गरेको आरोप लागेको छ।
आरती रावल दार्चुला जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्। उनले यसअघि भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामा अदालतले भुवन गिरीलाई सफाइ दिएको थियो।
पछिल्लो समय रावल तत्कालीन प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै विभिन्न आरोप लगाएका कारण पनि चर्चामा रहेकी थिइन्। उनले काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मागसहित ब्यानर प्रदर्शन गर्दै केही समय धर्ना तथा अनशनसमेत बसेकी थिइन्।
#aartirawal #smartnepal
❌आरती रावल साइबर कसुरमा पक्राउ‼️
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 09, 2026
Rating:
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 09, 2026
Rating:


No comments