😢फोहोरमा खेल्ने बच्चा जस्ले शहर सफा गरी रहन्छ 💔- सबैलाई भावुक बनाउने दृश्य।🧐
🤨भिडीयो मा एक बच्चा फोहोर पलाष्टिक का बोतल भेला पारेर बोरामा हाली नदीमा डुङ्गा
🛶जसरी तैरी रहेका छन् । सायद उनको गन्तब्य नदिकै दिशा तर्फ होला । उसलाई कुनै
चिन्ता छैन, मस्त मुस्कुराई 😊फोहोर नालीमा अघि बढि रहेको छ । उ त्यहि बच्चा हो
जसलाई हामिले फोहोरी भनेर छि छि दुर दुर गरी रहेका हुन्छौ । उसले टिप्ने फोहोर सायद
तपाई हामीलेनै गरेका हौ र सफाई गर्ने काम-कर्तव्य उसले लिएको छ । फोहोर गर्ने हामी
तर हामी फोहोरी भनेर कस्लाई भन्छौ ? उसलाई जस्ले हामीले गरेको फोहोर दिनरात नभनी
सफा गरी रहेको हुन्छ । उसले बिना कुनै स्वार्थ हाम्रो शहर सफाई गरीरहेको हुन्छ
तरपनि उ खुशी छ तर हामी उसलाई छिछि दुरदुर गर्दै उबाट परपर भाग्छौ । किनकि हामीले
सफा लुगा लगाएका हुन्छौ । लुगा सफा लगाउँदैमा शहर सफा देखीँदैन, यहाँ हरेक मानीसले
सम्मान पाउनु पर्छ जस्ले यो शहर हेर्न लायक बनाउन मदत गरेको छ । १०-१२ सकेण्डको
भिडीयो ले जे जे बोली रहेको छ त्यो कुनै विद्वन मानिसलेपनि त्यसको वर्णन गर्न सायदै
सक्दछ । संसारमा हरेक सेडेन्ड ४ मानिसहरुको जन्म हन्छ भने २ मानिसहरुले मृ*त्युलाई
अंगाली रहेका हुन्छन् । जन्मने हरेक मान्छे सुखी हुन्छ भन्ने छैन र बिदाई हुने हरेक
मानिस दु:खी हुन्छ भन्नेपति छैन । सुख र दु:ख मानिसको एक भ्रम मात्रै हो । गरीब
मान्छेपनि खुशी हुन सक्छ र धनी मानिसपनि दुःखी नहोला भन्ने हुँदैन । त्यसैले संसरमा
जन्मेका हरेक प्रणीलाई तपाई जतिकै खुलेर बाँच्ने अधिकार छ ।🙏 फोटो : राजन
#smartnepal #goviral #CleanCity
0 Comments