⚖️ “इतिहासमै पहिलो पटक: दलित समुदायसँग संसदमै माफी मागियो”
⚖️ “इतिहासमै पहिलो पटक: दलित समुदायसँग संसदमै माफी मागियो”
बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारले फेसबुकमा लेखेका छन् 📱✍️ —
“हजारौं वर्षदेखि पिरमा बसेका दलित समुदायको सम्मानमा सत्तारुढ दलको तर्फबाट पार्टी सभापति रवि लामछानेले शिर झुकाएर माफी माग्दा विश्वभर दलितको शिर उचो भएको छ ! वर्षौंदेखि यही प्रतीक्षामा थिए - कम्तीमा राज्यले स्वीकार गरोस् - माफी मागोस् र दलितको जिन्दगी फेरियोस् ! पार्टी समायोजन गर्दैगर्दा - सभापतिले भन्नुभएको थियो - तपाईले बोकेको मुद्दा अब रास्वपाले बोक्छ, दलितको मुद्दा अब १ नम्बरमा पर्छ ! बाचा पूरा गर्नुभएकोमा सभापती रवि लामछाने र सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह लगाएत सिङ्गो पार्टी पंक्तिलाई धन्यबाद । वर्षौंको आन्दोलनले न्याय पाएको महशुस भएको छ ! आगामी तयारी त छँदै छ…!!” 🙏✨
यसैबीच, पहिलो पटक दलित समुदायसँग सत्तारुढ दल र सरकारका तर्फबाट औपचारिक रूपमा माफी मागिएको उल्लेख गरिएको छ ⚖️। केही दिन अघि प्रधानमन्त्री बालेन्द्र शाह ले वर्षौँदेखि भोग्दै आएको दमनप्रति माफी मागेका थिए भने, आज सभापतिको रूपमा रवि लामिछाने ले पहिलो संसदीय बैठकमै माफी मागेका छन् 🏛️🙏।
सुनारले यस कदमलाई ऐतिहासिक भन्दै अब दलित समुदायको अधिकार र सम्मानका लागि थप ठोस काम हुने अपेक्षा व्यक्त गरेका छन् 🚀💙।
#khadendrasunar #rabilamichhane #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 02, 2026
Rating:


No comments