भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सोमबार पुनः प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद दीपक बहादुर सिंहले सरकारको दोहोरो चरित्रप्रति आक्रोश व्यक्त गरे । उनले विभिन्न विवादमा संसदीय समिति गठन भए पनि भिजिट भिसा काण्डजस्तो गम्भीर मुद्दामा समिति नबनाउनु आपत्तिजनक भएको बताए ।


‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो, निजामति विधेयक कुलिङ पिरियड प्रकरणको पनि समिति बन्न गइरहेको छ’, सिंहले भने, ‘तर भिजिट भिसामा भएको काण्डमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएका छन्, त्यसको दुर्गन्ध संसारभरि फैलिएको छ, तर किन संसदीय छानबिन समिति बनेन् ?’

उनले दुई तिहाईको दम्भका कारण सदन एकतर्फी ढंगले चलाइएको आरोप लगाए । सिंहले संसद अवरुद्ध भएको ४१ दिनभन्दा बढी समय भइसकेको स्मरण गराउँदै राप्रपाले लोकतान्त्रिक प्रक्रिया र जवाफदेहिताका लागि समिति गठन आवश्यक रहेको बताए ।

‘यसरी जबरजस्ती दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ’, उनले थपे ।राप्रपाले प्रतिनिधिसभाको बैठकमा निरन्तर बहिष्कार गर्दै आएको छ । पार्टीले भिजिट भिसा प्रकरणमा संलग्न उच्च तहका अधिकारीमाथि निष्पक्ष छानबिनको माग गर्दै संसदीय समिति गठन नगरेसम्म सदनमा सहभागी नहुने अडान लिएको छ ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post